• २०८१ बैशाख १४ शुक्रबार

अलराउन्ड प्रदर्शन गरेका दिपेन्द्र बने म्यान अफ द म्याच

kharibot

काठमाडौँ । पिएनजीविरुद्धको खेलमा नेपाललाई जिताउन अलराउन्ड प्रदर्शन गरेका दिपेन्द्र सिंह ऐरी खेलको म्यान अफ द म्याच बनेका छन् । 

केबल १३ रन मा ३ विकेट गुमाएको अवस्थामा मैदानमा गएका ऐरीले लक्ष्य पुरा मात्र गरेनन् आफ्नो महत्वपूर्ण अर्धशतक पनि पुरा गरेका छन् । ऐरीले ५८ बल खेल्दै ३ छक्का र एक चौकाको मद्धतले ५० रन बनाएका थिए ।  उनले छक्का हानेर नेपाललाई जित दिलाएका थिए भने आफ्नो अर्धशतक पनि पुरा गरेका थिए । 

यसअघि दिपेन्द्र र सन्दीपको जोडीले पिएनजी ब्याटिंग अडरलाई  ध्वस्त बनाएको थियो ।  दुवैले ४-४ विकेट लिएका थिए । दिपेन्द्रले ४.४ ओभर बलिङ गर्दै १४ रन दिएर ४ विकेट लिएका थिए । 

दिपेन्द्रले पिएनजीका चार्लिज अमिनी, जोन रिभ, नोरमन भनुआ र जसन किलालाई आउट गरेका थिए । 

नेपालले नजिती नहुने निर्णायक खेलमा दिपेन्द्रले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
  
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै