• २०८१ बैशाख ११ मंगलबार

खोटाङ मझुवागढी— ८ का वडाध्यक्षमाथि आक्रमण

kharibot

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ । 

गएराति घर फर्कंदै गरेको अवस्थामा उनी आक्रमणमा परेका हुन् । आक्रमणपछि भाग्नुभएका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आएका छैनन् । 

आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत रहेको खुलेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको उनले बताए । घटनास्थलमा वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै