काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
बुधबार न्यायपरिषद्का सचिवले ‘पदमुक्त’ भएको पत्र लेखेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीले विहिबार बिहान राष्ट्रपतिलाई भेटेर राजीनामा दिएका हुन् ।
बिहान पराजुली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका पराजुलीले राजीनामा दिएर फर्केका थिए ।
राष्ट्रपति कार्यालय स्रोतले पराजुलीले राजीनामा दिएको पुष्टि गरेको छ ।