• २०८१ बैशाख १४ शुक्रबार

उपसभामुखमा एमालेबाट तुम्वाहाम्फे र काँग्रेसबाट भुसालको उम्मेद्वारी

kharibot

काठमाडौँ । बाम गठबन्धनबाट एमालेले सभामुख पदमा तेह्रथुमकी समानुपातिक सांसद डा. शिवमाया तुम्वाहाम्फेलाई उम्मेदवार बनाएको छ ।

संघीय संसदको सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने सवैधानिक व्यवस्था अनुसार दुवै दलले उपसभामुखमा महिला उम्मेदवार उठाएका छन् ।

नेपाली कांग्रेसले समानुपातिक सांसद पुष्पा भुषाललाई उपसभामुखको उम्मेदवार बनाएको छ । 

दुवैले आज संसद भवन नयाँ बानेश्वरमा उम्मेद्वारी दर्ता गरेका छन् ।  

संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा भरतराज गौतमले जानकारी दिएका छन् ।  उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । 

प्रतिनिधिसभाका सभामुखको निर्वाचन गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन्  ।  

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै