• २०८१ बैशाख ११ मंगलबार

काँग्रेसबाट उपसभामुखमा पुष्पा भुसाल उम्मेदवार

kharibot

काठमाडौँ  ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपसभामुखमा पुष्पा भुुसाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

यसअघि काँग्रेसले सभामुखमा भने पार्टीका तर्फबाट उम्मदेवारी दिएको थिएन । 

यही चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि काँग्रेस पदाधिकारी बैठकले आज उहाँलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।प्रतिनिधिसभा सदस्य भुसाल यसअघि पहिलो संविधानसभामा समेत निर्वाचित थिइन् । 

संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए । उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । 

प्रतिनिधिसभाका सभामुखको निर्वाचन गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन्  ।  

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । 

त्यस्तै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै