• २०८१ बैशाख १२ बुधबार

सचिवको निर्णय गैरकानुनी हो, अहिले पनि प्रधानन्यायाधीश नै छु – गोपाल पराजुली

kharibot

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय परिषद्का सचिवलाई पत्र काट्ने अधिकार नभएको भन्दै आफु अहिले पनि प्रधानन्यायाधीश रहेको दाबी गरेका छन् । 

बिबिसी नेपाली सेवासँग कुरा गर्दै प्रधानन्यायाधीश पराजुलीले परिषद्का सचिवलाई त्यस्तो निर्णय लिने कुनै अधिकार नभएको र त्यो गैरकानुनी भएको जिकिर गरेका छन् ।

पराजुलीले भने - "त्यो पत्रको कुनै महत्त्व पनि छैन, सचिवलाई त्यो क्षेत्राधिकार पनि छैन । त्यो पत्र कायम हुन सक्दैन ।" उनले भने "जसलाई निर्णय गर्ने अधिकार हुन्छ त्यसले मात्र त्यो दफा प्रयोग गर्न पाउने अधिकार हुन्छ । न्याय परिषद्ले गर्ने निर्णय न्याय परिषद्को सचिवले गर्न पाउँदैन ।"

सो कुराकानीमा पराजुलीले आफु २०१० बैशाख १६ गते जन्मिएको भन्दै उनले आफुले जागिर खादा पेश गरेको प्रमाण पत्र अनुसार नै नागरिकताको मिती हेर्नुपर्ने बताए । परीक्षा नियन्त्रण कार्यालयको जन्ममिति अनुसार आफुले अझै एक बर्ष जागिर खान पाउने दाबी गरेका छन् ।

उनले सचिवले कसरी त्यो निर्णय गरे भन्ने प्रश्नमा त्यो पत्रको कुनै भ्यालु नभएको बताउदै त्यो निर्णय गैरकानुनी भएको र उनले गर्न नहुने काम गरेको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै