• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, मेसीले गरे रोनाल्डोले भन्दा छिटो सय गोल 

kharibot

काठमाडौँ । बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको चेल्सीविरुद्धको खेलमा ३-० ले विजयी हुदै समग्रमा ४-१ को नतिजासहित बार्सिलोना विजयी भएको हो ।

चेल्सीलाई पराजित गर्न मेसीले दुई गोल गरे भने अउसमन डेमबेलेले एक गोल गरे । मेसीले खेलको तेस्रो मिनेटमा नै लुइस स्वरेजको असिस्टमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २०औ मिनेटमा मेसीको असिस्टमा डेमबेलेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । 

पहिलो हाफमा २-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल अग्रेको थियो । खेलको ६३औ मिनेटमा स्वरेजको असिस्टमा मेसीले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बार्सिलोनाले ३-० ले जितेको थियो । 

बार्सिलोनाले चेल्सीलाई हराउदै यस अघि २०१२ मा सेमिफाइनलमा चेल्सीसँग पराजयको बदला लिएको छ । सो खेलमा मेसीले पेनाल्टी मिस गर्दा बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिनु परेको थियो ।

मेसीले बार्सिलोनालाई दुई गोल गरेर जिताउने क्रममा च्याम्पियन्स लिगमा आफ्नो एक सय गोल पनि पुरा गरेका छन् । मेसीले १२३ खेल खेल्दै च्याम्पियन्स लिगमा एक सय गोल पुरा गरेका हुन् । मेसीले रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोभन्दा १४ खेल कम खेल्दै सय गोल पुरा गरेका छन् । रोनाल्डोले १३७खेल खेल्दै च्याम्पियन्स लिगमा सय रन पुरा गरेका थिए ।

मेसीले आफ्नो क्लब र अन्तर्राष्ट्रिय क्यारियरमै सबै भन्दा छिटो २ मिनेट ८ सेकेन्डमा यस खेलमा गोल गरेका छन् । मेसीले इङलिष टिमविरुद्ध खेलेका पहिलो १० च्याम्पियन्स लिग खेलमा गोल गर्न असफल भएपनि अहिलेसम्म १८ खेलमा २० गोल गरेका छन् । 

बार्सिलोनाले च्याम्पियन्स लिगका ४० नाकआउट खेलमा केबल चार खेलमा मात्र पराजित भएको रेकर्ड छ । जसमा २६ जित र १० बराबरी सामेल छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै