• २०८१ बैशाख ४ मंगलबार

गणेश लामा पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ

kharibot

काठमाडौँ । प्रहरीले गणेश लामालाई पेस्तोलसहित पक्राउ गरेको छ । काठमाडौंको गौशालास्थित पशुपति भिजन होटलबाट लामालाई प्रहरीले पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ गरेको हो ।

सो होटलमा गोलि चलेपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले लामालाई गोली र पेस्तोलसहित पक्राउ गरेर गौशाला प्रहरीमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामाले भने आफूलाई गोली हान्न आएको बेला पेस्तोल खोसेको बयान प्रहरीमा दिएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै