आइएसका लडाकुसँग विवाह गर्नेलाई मृत्युदण्ड

खरीबोट
ad

बग्दाद । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स आइएस समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । 

उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुराको जानकारी दिएका छन् । इराकको सर्वोच्च न्यायलयका ती प्रवक्ताका अनुसार ती महिलाले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ । 

आइएस लडाकूहरूसँग बिहे गरेर आक्रमण र हिंसाका लागि आवश्यक युद्धसामाग्री पनि उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको आरोप सो अदालतको छ । यस अभियोग ती महिलाले स्वीकार गरेका छन् । 

मृत्युदण्डको सजाय सुनाइएका ती महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीलाई कालो पोशाकमा केही दिनमात्र अघि बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएइको थियो । 

इराकको मोसुल सहरबाट आइएस लडाकूलाई लखेटेपछि इराकी सुरक्षाफौजले आइएसको संलग्नताको खोजी गरिरहेको छ । 

सुरक्षा फौजले पछिल्लो समयमा ५०० भन्दा बढी र बालबालिकालाई विभिन्न सहरबाट पक्राउ परेका एएफपी समाचार समितिले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

१९ जना तालिबान तथा आइएसका लडाकू मारिए

काबुल (रासस/सिन्ह्वा) / अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन् ।  मारिनेमा दुई जना इस्लामिक स्टेट्स् (आईएस) का लडाकू कमाण्डर समेत रहेको

आइएसका लडाकुसँग विवाह गर्नेलाई मृत्युदण्ड

बग्दाद । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स आइएस समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ ।  उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुराको जानकारी दिएका छन्

काबुलमा भएको आक्रमणको जिम्मेवारी आइएसले लियो 

काबुल । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सैनिक विश्वविद्यालयमा भएको आतङ्ककारी आक्रमणको इस्लामिक स्टेट् (आइएस) ले जिम्मेवारी लिएको छ ।  पाँच जनाको सङ्ख्यामा आएका आतङ्ककारीहरु स्थानीय समायाअनुसार सोमबार विहान ५ बजे

आइएसविरुद्ध पूर्ण विजय पाएको इराकको घोषणा : तीन वर्षयताको संघर्ष अन्त्य

बग्दाद (रासस/एएफपी) / इराकका प्रधानमन्त्रीले यहाँ गएको करिब तीन वर्ष यतादेखि जारी राखेको जिहादीविरुद्धको युद्धको अन्त्य भएको घोषणा गरेका छन् । उनले भने, 'अतिवादी जिहादीहरुले हाम्रा (इराकी) नागरिकलाई मार्न चाहन्थे तर