७१ वर्षको उमेरमा सम्बन्धविच्छेद, यस्तो छ कारण

खरीबोट
ad

लिबाङ । रोल्पामा ७१ वर्षको उमेरमा एक जोडीले आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद गरेको छ । 

साविकको राङ्कोट गाविस–५ रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उहाँका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीबीच आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद भएको हो । 

जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले वली दम्पतीको सम्बन्धविच्छेदको फैसला सुनाएको मुद्दा फाँटका डिट्ठा भीमराज ढकालले जानकारी दिए । उनका अनुसार जिल्ला अदालत रोल्पाले मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ नं को देहाय २ बमोजिम सम्बन्धविच्छेदको फैसला गरेको हो । वृद्धा वलीले अंश माना चामल दाबी नगरी शुद्ध सम्बन्धविच्छेद गरेकि हुन् । 

हस्तमालीको राङ्कोट–४ कोरल निवासी स्व दलसर रोकासँग यसअघि मागी विवाह भएको थियो । पहिलो श्रीमान् रोकाबाट हस्तमालीका सन्तान भएनन् । दुर्भाग्यवश रोकाको निधन भयो । यसरी एक्लो जीवन बिताउँदै आएकी हस्तमालीले ४८ वर्षको उमेरमा पञ्चबहादुर वलीसँग २०५१ सालमा आफूखुशी प्रेम विवाह गरेकि थिइन् । विवाहपछि वली दम्पतीबाट एक छोरीको जन्म भएको र उनको पनि विवाह भइसकेको बुझिएको छ । 

जिल्ला अदालत रोल्पामा पीडितले दिएको निवेदन उजुरीअनुसार विवाहपछि दोस्रो श्रीमान् पञ्चबहादुरले आफूलाई अनावश्यक रुपमा गाली गर्ने, कुटपिट गर्ने, खान लगाउनमा अपहेलना गर्ने, कामधन्दामा मात्र लगाई श्रम शोषण गर्ने, शारीरिक एवं मानसिक रुपमा यातना दिने गरेको उल्लेख छ । 

वृद्धा वलीले पेश गरेको निवेदनअनुसार आफू वृद्धावस्थाका कारण काम गरिखान नसक्ने स्थितिमा रहँदा पनि ‘यस्ती स्वास्नी चाहिँदैन, घरबाट निस्किएर जा’ भन्दै कुटपिट गरी घरबाट निकाला गरेको हुँदा आफू २०७२ असोज १० गतेदेखि छोरीको घरमा बस्दै आएको वृद्धा वलीले आफ्नो निवेदनमा उल्लेख गरेकी छन् । 

घरबाट निस्किएपछि पनि श्रीमान्ले आफ्नो कुनै खोजखबर नगरेका कारण आफूले पटक पटक गाउँका भद्रभलाद्मीहरु तथा स्थानीय प्रहरी चौकीमा पुगी छलफल गराएको, अनेक प्रयास गर्दा पनि श्रीमान्ले घरमा लैजान नमानेको, बरु अदालतबाट सम्बन्धविच्छेद गर नत्र तँलाई नमारी छाड्दैन भन्दै डर धम्की देखाई करकापमा पारेको हुँदा आफू सम्बन्धविच्छेदको निर्णयमा पुगेको वृद्धाको निवेदनमा उल्लेख छ । 

जिल्ला न्यायाधीश श्रेष्ठका अनुसार पीडितले २०७३ फागुन १२ गते सम्बन्धविच्छेदका लागि जिल्ला अदालत रोल्पामा निवेदन दिएकि थिइन् । प्रतिवादीलाई आफ्नो सफाइ पेश गर्ने मौका प्रदान गरिएको भए पनि सो जानकारी पाउँदापाउँदै कुनै पनि प्रतिवाद नगरी चुप लागी बसेका कारणले गर्दा प्रतिवादीको भावना बुझ्न नपाइएको उनको भनाइ छ । 

जिल्ला अदालत रोल्पाका मुद्दा फाँटका नायब सुब्बा दामोदर दाहालका अनुसार यस आर्थिक वर्षमा मात्र यस अदालतमा अहिलेसम्म ९७ वटा सम्बन्धविच्छेदका मुद्दा परेका छन् । विगतका वर्षहरुमा जस्तै यस आवमा पनि जिल्ला अदालत रोल्पामा अन्य मुद्दाको तुलनामा सम्बन्धविच्छेदका मुद्दा बढी नै भएको पाइएको छ । 

सम्बन्धित समाचार

अझै ओबाएनन् रोल्पाका बेपत्ता परिवारजनका आँखा

 रोल्पा / सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका पश्चिम रोल्पाकी सामना पुनका आँखा अझै ओबाएका छैनन् ।  ९० वर्षीया पुनको बुढो शरीर, चाउरिएको अनुहार,

यार्सापाटनमा रोल्पाका एकको जघन्य हत्या

डोल्पा / हिमाली जिल्ला डोल्पाको एक यार्सापाटनमा रोल्पाका एकजनाको जघन्य हत्या गरिएको छ ।  डोल्पो बुद्ध गाउँपालिकामा पर्ने किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको घाँटी रेटेर हत्या गरिएको अवस्थामा

टेलिफोन सेवा अवरुद्ध हुँदा सास्ती भोग्दै रोल्पाली

रोल्पा / रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको बताइएको छ ।  पूर्वी

द्वन्द्व हैन, एकता र विकास चाहन्छन् रोल्पालीहरु

 रोल्पा / दशवर्षे सशस्त्र संघर्षको उद्गमस्थलका रुपमा चिनिँदै आएको रोल्पालाई बाहिरबाट हाउगुजीका रुपमा लिइने भएपनि यहाँ आइपुगेपछि आममानिसको दृष्टिकोण फरक हुने गरेको पाइएको छ ।  “रोल्पा दुर्गम, विकट, अप्ठेरो, डरलाग्दो र