नक्सा स्वीकृतसम्बन्धी मापदण्ड अपारदर्शी

खरीबोट

फाइल तस्बिर

ad

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकामा नक्सा स्वीकृतिसम्बन्धी मापदण्ड अपारदर्शी भएको आरोप प्रविधिज्ञहरूले लगाएका छन् । 

इन्जिनियरिङ कन्सल्टेन्सी एशोसिएशनले उक्त समस्याबारे आज उपमहानगरपालिका प्रमुख लालकिशोर साहलाई जानकारी गराउँदै उपमहानगरपालिकाकै कर्मचारीको संलग्नतामा नक्सा तयार पार्न लगाउन समुदायलाई बाध्य गराउने र एकाधिकार जमाउने कार्य भइरहेकाप्रति ध्यानाकर्षण गराएको हो । 

एशोसिएशनले नक्सा स्वीकृतिसम्बन्धी निश्चित मापदण्ड सार्वजनिक गर्न र मापदण्डबमोजिम सहज ढङ्गले नक्सा स्वीकृतिको प्रक्रिया अपनाउन माग गरेको छ । 

सूची दर्ताको नाममा इन्जिनियरिङ कन्सल्टेन्सीबाट लिइने दस्तुर विधिसम्मत नभएकाले यसलाई बन्द गर्दै प्राविधिकतर्फ विशेषज्ञको व्यवस्था गर्न माग गरेको छ । 

कन्सल्टेन्सीका अध्यक्ष हेमशंकर अरगरियाले एकाधिकार र स्वेच्छाचारी सञ्जालबाट आम जनसमुदायलाई मुक्त गर्न उपमहानगरपालिकाका प्रमुखलाई विशेष आग्रह गरिएको बताए । 

सम्बन्धित समाचार

जनकपुरमा विद्यार्थी विद्यालयमा मृतावस्थामा फेला

महेन्द्रनगर, धनुषा ।  जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा एक विद्यार्थी मृतावस्थामा फेला परेका छन् ।  जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला

ओली र मोदीले उद्घाटन गरेको जनकपुर—अयोध्या बससेवा बन्द 

महेन्द्रनगर । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ ।  दुवै देशका

जनकपुरमा राष्ट्रिय झन्डा बिगारिएको बारे केन्द्र सरकारले माग्यो स्पष्टिकरण

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनकपुरमा राष्ट्रिय झन्डा बिगारिएकोबारे स्पष्टिकरण मागेको छ । मन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णय गरेर झन्डाको स्वरूप बिगारेको विषयमा स्पष्टिकरण मागेका हुन् । स्पष्टिकरणमा भनिएको

जनकपुरमा कुटनीतिक मर्यादा विपरीत काम भयो – प्रधानमन्त्री ओली 

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई जानकारी गराएका छन् । संसदलाई जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन