• २०८१ बैशाख ६ बिहीबार

तेश्रो अन्तर्राष्ट्रिय चिया महोत्सव घोषणा

kharibot

काठमाडौँ । डिस्कभरिङ हिडेन ट्रेजर भन्ने नाराका साथ तेश्रो अन्तर्राष्टिय चिया महोत्सव आयोजना हुने भएको  छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डले आयोजना गर्ने महोत्सव आगामी चैत २३ देखि २५ सम्म राजधानीको याक एण्ड यती होटेलमा चल्नेछ । 

महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । महोत्सवमा विभिन्न १३ मुलुकका २५ प्रतिनिधि सहभागि हुनेछन् । महोत्सवको एक मात्र उद्देश्य विश्वस्तरको चिया ब्राण्डका रुपमा नेपाली चियालाई स्थपित गर्नु रहेको छ  । 

महोत्सवमा नेपाली चियाको ट्रेडमार्क औपचारिक रुपमा सार्वजनिक गरिनेछ । विश्वबजारमा नेपाली चियाको सहज निर्यातका लागि सरकारी पहलबारे पनि महोत्सवमा जानकारी दिइनेछ । महोत्सवमा चिया उत्पादनबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुले समेत कार्यपत्र प्रस्तुत गर्नेछन् । 

नेपालमा उत्पादन हुने चियाले विश्व बजारमै सकारात्मक छाप छोड्न सफल भएको छ । उच्च गुणस्तरको चिया उत्पादनका लागि चिया बोट, उर्वर माटो, अनुकुल मौसम, लगायत विभिन्न तत्वले भूमिका खेल्छ र नेपाल यी सबै क्षेत्रबाट चिया खेतीका लागि अनुकुल छ । विशेषगरी हिमाली क्ष्ँेत्रको विशेषताको प्रतिक पनि नेपाली चियालाई मानिन्छ । 

उच्च गुणस्तरको चियाको माग अन्तर्राष्ट्रिय बजारमा सदैव उच्च रहदै आएको छ र नेपाली चियाले केही हदसम्म गुणस्तरको त्यो माग पूरा गर्दै आएको छ । दक्षिण एसियाली क्षेत्रमा पनि चियासँग सम्बन्धित व्यवसायीले नेपालको चियाप्रति रुची राख्ने गरेका छन् । विशेषगरी यहाँ योङ्ग बुसेस बाट चिया उत्पादन हुने गरेको छ । 

नेपालमा चिया उत्पादनका लागि उर्वर मानिने ठूलो क्षेत्रफल जमिन बांझै रहेको छ । यद्यपी, हाल मुलुकको २८ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । जसमध्ये अधिकांश खेती मुलुकको पूर्वी भेगमा हुने गरेको छ । पछिल्लो समय भने मध्य र पश्चिमी भेगमा पनि चिया खेती बिस्तार हुँदै गएको छ । 

नेपालमा बार्षिक रुपमा करिब २ करोड ४० लाख किलो चिया उत्पादन हुँदै आएको छ, जसमध्ये ५५ लाख किलो चिया अर्थोडक्स रहेको छ । विशेष स्वाद रहेको अर्थोडक्स चिया मुलुकको पहाडी क्षेत्रमा उत्पादन हुन्छ भने सिटिसि चिया मुलुकको तराई भेगमा उत्पादन हुने गरेको छ । 

चिया व्यवसायले ठूलो मात्रामा रोजगारीको अवसर समेत श्रृजना गरेको छ । अर्थोडक्स चियाका लागि आवश्यक चियापत्ति उत्पादनमा ८० प्रतिशत साना किसानको सहभागिता रहदै आएको छ । चिया उत्पादनमा संलग्न ८० प्रतिशत साना किसान छन् । जसमा करिब ८० हजार महिलालो प्रत्यक्ष रुपमा लाभ लिइरहेका छन् । पछिल्लो समय साना किसानहरुसंग मिलेर केही संघसंस्थाले पनि चिया व्यवसायमा हात हालेका छन् । 

नेपालको चिया नेपाल भित्रै र बाहिर पनि बिस्तारै मानिसको जीवनशैली बन्दै गएको छ तर हालसम्म पनि स्थानीय चिया ब्राण्डका रुपमा विश्व बजारमा स्थापित हुन नसक्नु यसको दुःखद पक्ष हो । नेपालबाट निर्यात हुने चिया छिमेकी मुलुकहरुबाट त्यहाँको स्थानीय ब्राण्डका रुपमा तेश्रो मुलुक निर्यात हुने गरेको तीतो यथार्थ हामी सामु छ । उपयुक्त मौसम, भूमि र दक्ष जनशक्ति परिचालन भई उत्पादन हुने चियाको बजारीकरण र ब्राण्डिङ्ग गरी विश्व बजामा पु¥याउन नसक्नु हालसम्मकै ठूलो कमजोरी बनेको छ । 

यो पृष्ठभूमीमा नेपाली चियाको बजारीकरण र प्रचारप्रसारका लागि नेपाल चिया तथा कफी विकास बोर्डले तेश्रो अन्तर्राष्ट्रिय चिया महोत्सव आयोजना गर्न लागेको हो ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै