• २०८१ बैशाख १३ बिहीबार

अमेरिकामा पूर्ण सुर्य ग्रहण, नासाले खिच्यो यस्ता तस्विर 

kharibot

अमेरिकामा देखिएको पूर्ण सुर्य ग्रहण, तस्विर : नासा

काठमाडौँ । अमेरिकामा पूर्ण सुर्य ग्रहण लागेको छ । गएराती लागेको पूर्ण सुर्य ग्रहणले अमेरिका अध्यारो बनेको थियो ।  

पछिल्लो ९९ बर्ष पछि अमेरिकामा पूर्ण सुर्य ग्रहण लागेको हो ।  यसअघि सन् १९१८ मा पूर्ण सुर्य ग्रहण लागेको थियो । 

करिब ९० मिनेटसम्म सुर्य पूर्ण रुपमा छोपिएको थियो । अमेरिकी समय अनुसार बिहान ९ बजे देखि १० बजेर २० मिनेटसम्म लागेको पूर्ण सुर्य ग्रहणले सुर्यलाई पुरै ढाकेको दृश्य अमेरिकी संचार माध्यामहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।  

अमेरिकाको ओरेगन राज्यमा पहिला देखिएको सुर्य ग्रहण १४ राज्य हुदै अन्त्यमा दक्षिणी करोलिना राज्यमा गएर सकिएको थियो । 

अमेरिकामा देखिएको यस ऐतिहासिक सुर्य ग्रहणलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनकी श्रीमती तथा प्रथम महिला मेलानिया ट्रम्प, छोरी इभान्का, छोरा व्यरोन ट्रम्प, आफ्ना मन्त्रिपरिषदका सदस्य र ह्वाइट हाउसका अन्य स्टाफसँग हेरेका थिए । 

नासाले खिचेका तस्विरमा हेरौ अमेरिकामा देखिएको पूर्ण सुर्य ग्रहणका झलक :


  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै