• २०८१ बैशाख ७ शुक्रबार

रोल्पामा भएको ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

kharibot

लिबाङ । आज दिउँसो रोल्पामा भएको ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी रोल्पा नगरपालिका–१० साउनेपानीका १३ वर्षीय दिलबहादुर विष्ट र १४ वर्षीय बालाराम विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

साउनेपानी समुदायको पोखरी निर्माणका लागि सल्ले जंगलबाट ढुंगा बोकेर साउनेपानी जाँदै गरेको रा१त ३३६३ नं को ट्र्याक्टर बाटोबाट करिब एकसय मिटर तल खसेको थियो । 

दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल रोल्पामा उपचार भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै