रोल्पामा भएको ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

खरीबोट
ad

लिबाङ । आज दिउँसो रोल्पामा भएको ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी रोल्पा नगरपालिका–१० साउनेपानीका १३ वर्षीय दिलबहादुर विष्ट र १४ वर्षीय बालाराम विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

साउनेपानी समुदायको पोखरी निर्माणका लागि सल्ले जंगलबाट ढुंगा बोकेर साउनेपानी जाँदै गरेको रा१त ३३६३ नं को ट्र्याक्टर बाटोबाट करिब एकसय मिटर तल खसेको थियो । 

दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल रोल्पामा उपचार भइरहेको छ । 

सम्बन्धित समाचार

भेडेटारस्थित भोजपुरे खोलामा बस पल्टिदा ३७ घाईते 

धनकुटा ।  कोशी राजमार्ग अन्तर्गत धनकुटाको भेडेटारस्थित भोजपुरे खोलामा यात्रुवाहक वस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् ।  रौतहटबाट धनकुटाको पाख्रिवास कृषि अनुसन्धान केन्द्र तर्फ कृषि भ्रमणको टोलि लिएर आउँदै

सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६ देखि ३५ वर्षका धेरै

काठमाडौँ / काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति धेरै छन् ।  चालु आर्थिक वर्षको पहिलो १० महिनामा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका १४९ जनामध्ये

मुग्लिन-नारायणगढ सडकमा दुर्घटना रोक्न ‘राडार गन’ प्रयोग

रत्ननगर, चितवन । चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ ।  तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना

यति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो

पोखरा / यति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।  काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन