मुक्तिनाथ विकास बैंकको ब्राण्ड एम्बेस्डरमा धुर्मुस सुन्तली

खरीबोट
ad

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो ब्राण्ड एम्बेस्डरका रुपमा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । 

सो सम्बन्धी सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र धुर्मुस सुन्तली फाउन्डेशनका तर्फबाट सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले आज एक समारोहमा दस्तखत गरेका छन् । 

उक्त सम्झौता पत्र दस्तखत कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्य, संस्थापक सेयरधनीहरु र विभागिय प्रमुखहरुको उपस्थिती रहेको थियो । 

उक्त कार्यक्रममा बैंकले धुर्मुस र सुन्तलीलाई ब्राण्ड एम्बेस्डरको रुपमा चयन गर्नुको उद्देश्य बारेमा प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले मन्तव्य राखेका थिए । 

नेपालका चर्चित कलाकार जोडी धुर्मुस र सुन्तलीको कलाकारिता तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानबाट प्रभावित भई यस विकास बैंकले पनि आफू सक्दो सामाजिक क्षेत्रमा सहकार्य गरेकोले ब्रान्ड एम्बेसडरको रुपमा धुर्मुस सुन्तलीलाई चयन गरेको बताए । यो सहकार्यबाट दुवैले सामाजिक उत्तरदायित्वका कार्यहरुमा थप मिलेर जान सकिने बताए । 

सो कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) ले मन्तव्य राख्दै बैंकसँगको सहकार्यतामा निकै नै गर्व महशुस भएको बताए । 

मुक्तिनाथ विकास बैंकले पोखरा सरसफाई तथा बाग्मती सरसफाई महाअभियानमा देखाएको सक्रिय र निरन्तर साथले यो बैंकका सबै कर्मचारीहरुमा पनि समाज सेवा गर्ने र देशको असल नागरिकको भूमिका निभाउने अठोट रहेको पाएको बताए । आगामी दिनहरुमा मुक्तिनाथ विकास बैंक र आफ्नो जोडी बैंकका हरेक कार्यहरुमा सहकार्य गर्दै एक अर्काको अभिन्न अंग भई कार्य गर्नुपर्नेमा जोडदिए । 

मुक्तिनाथ विकास बैंकले आफ्नो व्यवसाय प्रवर्धनात्मक क्रियाकलाप, सामाग्रीहरु तथा बैंकको कार्यक्रमहरुमा धुर्मुस र सुन्तलीलाई उपस्थित गराउने छ ।  

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालको तर्फबाट

आइएमई लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र मुक्तिनाथ विकास

मुक्तिनाथ विकास बैंक र क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच राजस्व लगायतको अनलाइन भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकबाट नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत एनसिएचएल—ईसीसी

मुक्तिनाथ विकास बैंकको रुपन्देहीको तिलोत्तमा नगरमा दुई शाखा एकै साथ संचालनमा

काठमाडौँ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा आज