• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा ४.६ अंकले सुधार : सेयर खरिदमा लगानीकर्ताहरुको आर्कषण घट्दा कारोवार न्युुन

kharibot

काठमाडौ । सेयर खरिदमा लगानीकर्ताहरुको आर्कषणा घट्दै गएको छ ।

केही दिन यता नेप्सेमा सुधार देखिए पनि कारोवार रकम भने न्युुनतम देखिनुुले आर्कषण घटेको देखिएको हो । साताको चौथो कारोवार दिन आज बुुधार नेप्से बढेपनि कारोवार रकम घटेको छ । नेप्से चार दसमलव छ अंकले बढेर १२ सय ८५ दसमलव ९६ बिन्दुुमा चढ्दा सेन्सिटिभ शुन्य दसमलव ९६ अंकले बढेर दुुई सय ७३ दसमलाव ७३ बिन्दुुमा चढेको छ ।  

नेप्सेमा आज एक सय ५६ वटा कम्पनीहरुको २४ सय छ वटा कारोवारमा छ लाख २३ हजार आठ सय ८५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोवार रकम १८ करोड ४५ लाख ९९ हजार एक सय एक रुपैयाँ पुुगेको छ । 

आज नौ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक बढेर तीन वटाको घटेकाछन । बाँणिज्य बैक समुहको सुचक तीन दसमलव ७३ अंकले बढेर ११ सय ४२ दसमलव ८४ बिन्दुुमा चढ्दा आठ करोड तीन लाख ५६ हजार दुुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैक समुहको सुचक पनि चार दसमलव २८ अंकले बढेर १५ सय चार दसमलव ७८ बिन्दुुमा चढ्दा ८१ लाख २९ हजार एक सय १० रुपैयाँको सेयर खरिद  बिक्रि भएको छ ।

यसैगरी जलबिद्युुत समुहको सुचक नौ दमसलव तीन अंकले बढेर १५ सय ५३ दसमलव दुुई बिन्दुुमा चढ्दा ७० लाख ६० हजार नौ सय १० रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बीमा समुहको सुचक पनि आज २९ दसमलव २१ अंकले बढेर छ हजार दुुई सय ३७ दसमलव नौ बिन्दुुमा चढ्दा तीन करोड ९४ लाख ९८ हजार दुुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ  । यि बाहेक अन्य र लघुबित्त समुहको सुचकमा पनि सुधार देखिएको छ । होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक भने आज क्रमश २६, शुन्य दसमलव ८८ र छ दसमलव ८२ अंकले घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको वल्र्ड मर्चेन्ट फाईनान्सको सेयर मुल्य सात रुपैयाँ २७ पैसाले बढेर एक सय १८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको नयाँ नेपाल लघुबित्त बिकास बैकको सेयर मुल्य तीन रुपैयाँ ८६ पैसाले घटेर १९ सय ४२ रुपैयाँमा सेयर कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योेरेन्स कम्पनीको सेयर मुलय १७ सय २५ रुपैयाँमा एक करोड पाँच लाख २० हजार नौ सय २६ रुपैयाँको सेयर कारोवार भएको छ । यसैगरी नविल बैकको पनि आज एक हजार ३० रुपैयाँ अन्तिम मुल्यमा ९८ लाख ९५ हजार दुुई सय ३२ रुपैयाँको सेयर कारोवार भएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै