छोरी जन्माउनेलाई नगदसहित सम्मान

खरीबोट
ad

विराटनगर । समाजमा छोरी जन्मिदा अपनाइने दृष्टिकोणमा परिवर्तन ल्याउन विराटनगर महानगरपालिकामा ‘छोरी बचाउ अभियान’ शुरु गरिएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुली तथा उपप्रमुख इन्दिरा कार्कीले संयुक्त रुपमा पहिलो पटक छोरी जन्माउनेलाई १५ जना आमालाई प्रोत्साहन स्वरुप जनही रु तीन हजार सहित सम्मान गरे । समाजमा देखिने छोरा र छोरी विचको विभेद् अन्त्य गर्न महानगरपालिकाले पहिलो पटक यो अभियान प्रारम्भ गरेको हो । 

बीस वर्षपछि विवाह गर्ने नेपाली महिलाले गर्भ रहँदा नियमित चार पटकसम्म स्वास्थ्य जाँच गराउनुपर्ने तथा स्वास्थ्य केन्द्रमा प्रसूति गराउनेलाई महानगरपालिकाले प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको छ ।

यस अभियानले तराई क्षेत्रमा जनचेतना जगाउन महत्पूर्ण निर्बाह गर्ने महनगरपालिको दाबी छ । महानगरपालिकाका प्रमुख पराजुलीले पहिलो चरणको अभियान अन्तर्गत ३५ जनालाई प्रोत्साहन भत्ता वितरण गर्ने बताए । 

छोरीलाई पनि छोरा सरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले यो अभियान सञ्चालन गरेको उनले जानकारी दिए ।

महानगरपालिकाकी उपप्रमुख कार्कीले गर्भमा छोरी भएको थाहा भएपछि गर्भपतन गराउने प्रवृत्ति अझैपनि कायम रहेकाले यस अभियानले यस्तो सामाजिक विकृति अन्त्य गर्न सहयोग मिल्ने वश्वास व्यक्त गरे ।

तराई–मधेशमा दाइजो र सामाजिक कुरितिका कारण छोरीमाथि गरिने व्यवहारमा अझैपनि परिवर्तन आएको छैन ।

सम्बन्धित समाचार

बरिष्ठ कलाकार भिमबहादुर थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि, छोरीले दिइन् दागबत्ती

काठमाडौँ । बरिष्ठ कलाकार भिमबहादुर थापाको बुधवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । छोरा अमेरिकामा भएका कारण उनको पार्थिव शरीरमा जेठी छोरीले दागबत्ती दिएकी छन् । उनका २ छोरी र

बलात्कारपछि छोरीको हत्या गरिएको भन्दै न्याय माग्न आमा काठमाडौंमा 

काठमाडौं । अर्घाखाँचीको भूमिस्थान नगरपालिका वडा नम्बर ९ स्थित कालिका मन्दिरमा मृत भेटिएकी १५ वर्षिया समिता नेपालीका आफन्तले जिल्लामा न्याय नपाएको गुनासो पोखेका छन् । रिपोर्टर्स क्लब नेपालमा मृतक नेपालीका

ए मेरो हजुरको तेस्रो सिरिजमा झरनाकी छोरी सुहानाले अनमोलसँग रोमान्स गर्ने  

काठमाडौँ । सुपरस्टार अनमोल केसी ए मेरो हजुरको तेस्रो सिरिजमा अनुवन्धित भएका छन् ।  शनिवार निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले उनलाई साइन गरेका हुन् । यस फिल्मबाट झरनाकी

बलिवुडमा नआउदै चर्चित सेलिब्रेटीका छोरीहरु, डेभ्युको यस्तो छ तयारी   

मुम्बई । बलिवुडमा नातावाद र कृपावादको ठुलो बहस चलिरहेका बेला केहि स्टार सेलिब्रेटीका छोरीहरुले बलिवुडमा डेभ्यु गर्दै छन् । फिल्ममा डेभ्यु नगर्दै उनीहरुको चर्चा मिडियामा व्यापक हुन् थालेको छ । सामाजिक