लोकतन्त्र सुदृढीकरणका लागि विपक्षीको भूमिका महत्वपूर्ण हुन्छ – सभापति देउवा

खरीबोट
ad

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको सुदृढिकरणका लागि विपक्षी दलको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 

संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि काँग्रेसद्वारा आज यहाँ आयोजित अभिमुखिकरण कार्यक्रममा उनले विपक्षमा रहेको बेला पार्टीको भूमिका सरकारमा रहेको भन्दा बढी सबल हुने बताए । 

सभापति देउवाले विसं २००७ देखि प्रजातन्त्रका लागि लड्दै आएको काँग्रेस यतिखेर संघीय संसद् र प्रदेशसभामा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढिकरणका लागि अहिले काँग्रेसको काँधमा महत्वपूर्ण चुनौती आएको छ, त्यसको सामना गर्न एकतावद्ध भएर र अध्ययनशील हुन आवश्यक छ,’ भने । 

उनले भने, ‘संसद्मा विपक्षीले कस्तो मुद्दा उठाए भनेर जनताले हेरिरहेका हुन्छन, त्यसैले अध्ययन गरेर तर्कका साथ प्रस्तुत हुनुहोला, त्यसैका आधारमा आगामी निर्वाचनमा जनमत बन्ने हो ।’ 

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा जनताका मुद्दा कसरी उठाउने त्यसका लागि अध्ययनको आवश्यकतापर्ने भन्दै विरोधका लागि विरोध नभइ तर्कका आधारमा जनसावलका मुद्दा उठाउन आग्रह गरे । 

संसद् तथा प्रदेशसभाका प्रक्रियामा प्रभावकारी रुपमा प्रस्तुत हुन आग्रह गर्दै उनले भने — ‘लोकतन्त्र मजवुत बनाउन प्रतिपक्ष दल जिम्मेवार हुनुपर्छ ।’

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले संसद्मा प्रतिपक्ष दलको भूमिका महत्वपूर्ण हुने बताउँदै गुण र दोषका आधारमा मुद्दा सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा संघीय संसद् र प्रदेशसभाका काँग्रेसका १८९ सदस्य सहभागी छन् । एक दिने सो अभिमुखीकरण कार्यक्रममा पार्टीका नेताहरु विमलेन्द्र निधि, डा रामशरण महत, डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल र पूर्व सचिव ठाकुरप्रसाद बरालले प्रशिक्षण दिनेछन् ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रममा नीतिहरु छन्, कार्यक्रम छैनन् – सभापति देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा नीतिहरु मात्रै रहेको र कार्यक्रम नभएको बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा आज सरकारको आर्थिक वर्ष २०७५÷०७६ को

शिक्षामा राजनीति हुनुहुन्न : पूर्व प्रधानमन्त्री देउवा

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा राजनीति हुन नहुने बताएका छन् ।  कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले शिक्षा

मुलुकलाई एकदलीय अधिनायकवादमा जान दिइँदैन : सभापति देउवा

धनगढी। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहनामा नेपालको लोकतन्त्र र गणतन्त्रलाई एक दलीय अधिनायकवादतर्फ लैजान नदिने बताएका छन् ।  धनगढी विमानस्थलमा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले

कर्मचारीमाथिको हस्तक्षेप सह्य हुँदैन : सभापति देउवा

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा कर्मचारीमाथिको हस्तक्षेप काँग्रेसलाई सह्य नहुने बताएका छन् ।  नेपाल निजामती कर्मचारी युनियन संघको सातौँ महाधिवेशनको आज रत्ननगरमा उद्घाटन गर्दै सभापति देउवाले