काठमाडौँ । राष्ट्रियसभाले अध्यक्षमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशप्रसाद तिमिल्सीना निर्वाचित भएको घोषणा गरेको छ ।
आज बसेको राष्ट्रियसभाको बैठकले तिमिल्सीना निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
राष्ट्रिय सभाको अध्यक्ष पदमा तिमिल्सीनाको एकल उम्मेद्वारी परेको थियो ।
हाल राष्ट्रिय सभाको बैठक जेष्ठ सदस्यको हैसियतमा तारादेवी भट्टले सञ्चालन गर्दै आएकी थिइन् । तिमिल्सीना प्रदेश ४ बाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए।