• २०८१ बैशाख १३ बिहीबार

इजलास बहिस्कार गर्ने न्यायाधीशहरु संयुक्त इजलासमा, चोलेन्द्रलाई आजपनि इजलाश तोकिएन 

kharibot

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल गराजुलीले मंगलबार इजलास बहिष्कार गरेका आठ न्यायाधीशलाई आज फेरी इजलास तोकेका छन् ।

सर्वोच्चमा आज दश इजलास गठन भएका छन् जसमा प्रधानन्यायाधीश पराजुली आफुको एकल इजलाश रहेको छ । 

यसअघि गत सोमबार इजलास बहिस्कार गरेका न्यायाधीश चोलेन्द्रशमशेर राणालाई भने आज पनि इजलास तोकिएको छैन ।

मंगलबार इजलास बहिष्कार गरेका न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलास तोकिएको छ।

बहिष्कार गरेका न्यायाधीशहरुलाई संयुक्त इजलासमा राखिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै