• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोना र चेल्सी बदला लिने र इतिहास दोहोराउने दाउमा 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र चेल्सीबीच आज क्वाटरफाइनलमा पुग्न निर्णायक खेल हुदै छ ।

आज राति हुने अन्तिम १६ को दोस्रो लिगमा अवे गोलको आधारमा बार्सिलोना एडभान्टेजमा रहेको छ । पहिलो लिगमा १-१ को बराबरी पछि दुवै टिम दोस्रो लिगमा जित हात पार्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने दाउमा रहेका छन् ।

यस अघि २०१२ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीले बार्सिलोनालाई पराजित गर्दै फाइनलमा पुगेको थियो । पहिलो लिगमा १-० र दोस्रो लिगमा २-२ गोलको बराबरी खेल्दै चेल्सी समग्रमा ३-२ को अग्रता हासिल गर्दै फाइनलमा पुगेको थियो । सो खेलमा मेसीले मिस गरेको पेनाल्टीको अहिले पनि चर्चा हुने गर्दछ ।

बार्सिलोनाले अहिलेसम्म च्याम्पियन्स लिगका ३९ नक आउट खेलमा केबल ४ खेलमा मात्र हार बेहोरेको छ । जसमा २५ मा जित र १० बराबरी रहेका छन् । त्यस्तै बार्सिलोनाले अहिलेसम्म प्रिमियर लिग क्लबविरुद्ध २३ च्याम्पियन्स लिगका खेल जितेको छ जुन सबै क्लबको भन्दा बढी हो । त्यस्तै लियोनेल मेसीले प्रिमियर लिग क्लबहरुविरुद्ध च्याम्पियन्स लिगमा सबैभन्दा बढी १८ गोल गरेका छन् ।

त्यस्तै चेल्सीको कुरा गर्दा बार्सिलोनाविरुद्धका पछिल्ला ८ च्याम्पियन्स लिगका खेलमा चेल्सी अपराजित रहेको छ । जसमा २ खेलमा जित हासिल गरेको छ भने ६ खेल बराबरीमा सकिएको छ । ति मध्ये ४ खेल बार्सिलोनाको घरेलु मैदानमा खेलेको छ ।

चेल्सीका लागि यस सिजनको च्याम्पियन्स लिगमा ९ गोल मध्ये ६ गोल विलियन एक्लैले गरेका छन् । त्यस्तै इडेन हजार्डले यस सिजनको च्याम्पियन्स लिगमा २३ पटक गोल गर्ने अवसर सिर्जना गरेका छन् जुन यस सिजनमा अन्य खेलाडीको भन्दा बढी हो ।

बार्सिलोना र चेल्सीको च्याम्पियन्स लिगमा हुन् लागेको यो भेट १४औ पटक हो । यसअघि रियल म्याड्रिड र बायर्न म्युनिख १८ पटक, त्यस्तै बार्सिलोना र एसी मिलान १५ पटक च्याम्पियन्स लिगमा खेलेका छन् ।

च्याम्पियन्स लिगमा ६८ प्रतिशत अवे टिमले पहिलो लिगमा बराबरी पछि दोस्रो लिगमा जितेर अर्को राउण्डमा पुगेको देखिन्छ ।

टिमको कुरा गर्दा बार्सिलोनाका प्ले मेकर आन्द्रे इनेस्टा खेल्ने नखेल्ने बारे अझै टुंगो लागेको छैन । चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगर भने बार्सिलोनाविरुद्ध उपलब्ध हुने भएका छन् । दुवै टिममा अन्य खेलाडी भने उपलब्ध रहेका छन् । 

चेल्सीले २०१२ को इतिहास दोहोराउने दाउमा देखिएको छ भने बार्सिलोना र मेसी दुवै २०१२ को बदला लिन तयार देखिएका छन् ।

चेल्सीका म्यानेजर एन्टोनि कोन्टेले क्याम्प नाउमा जित्न आफुहरुले हरसम्भव प्रयास गर्ने बताएका छन् । पहिलो लिगमा आफुहरु उत्कृष्ट खेलेको र गल्ती गरेर त्यसको सजाय मेसीले गोल गरेर दिएको भन्दै उनले पहिलो लिगमा गरेको गोलबाट बार्सिलोना अगाडी रहेको बताए ।

कोन्टेले आफुहरुलाई बार्सिलोनाको रणनिति खेलमा पुरै डोमिनेट गर्ने रहेको थाहा भएको बताउदै आफुहरुले त्यसका लागि रणनितीका साथ् क्याम्प नाउमा उत्रिने बताए ।
 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै