• २०८१ बैशाख ७ शुक्रबार

चर्चित वैज्ञानिक स्टेफन हकिङको निधन 

kharibot

काठमाडौँ । चर्चित वैज्ञानिक स्टेफन हकिङको बुधबार ७६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले विज्ञप्ति जारी गर्दै क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको जनाएको छ।

हकिङका तीन जना छोराछोरी लुसी, रोबर्ट र टिमले पिताको निधनले दुखि भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमा उनी महान वैज्ञानिक वैज्ञानिक र असाधारण मानिस भएको उल्लेख गर्दै उनको लिगेसी र काम बर्षौसम्म बाचिरहने उल्लेख गरिएको छ । 

बेलायतका हकिङ ब्ल्याक होल र सापेक्षतासम्बन्धी सिद्धान्तमा उनले दिएको योगदानका लागि प्रसिद्ध छन् ।

सन् १९४२ जनवरी ८ मा इङल्याण्डको अक्सफोर्डमा जन्मिएका हकिङले १९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा प्राकृतिक विज्ञानमा पढें मौका पाएका थिए ।   

१९६३ मा हकिङ २१ वर्षका हुँदा नसासम्बन्धी रोग लागेको पत्ता लाग्यो । त्यतिबेला चिकित्सकले उनलाई बढीमा २ वर्षमात्र बाँच्ने बताएका थिए ।

उनले सन् १९८८ मा लेखेको विज्ञानसम्बन्धि पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ एक करोड प्रति भन्दा बढी बिक्रि भैसकेको छ । उनको जीवनीमा सन् २०१४ मा द थ्योरी अफ एभ्रीथिङ भन्ने फिल्म पनि बनाइएको थियो ।     
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै