मृत्युभन्दा ठिक पहिला दिमाग के सोच्छ ? 

खरीबोट
ad

काठमाडौँ । मृत्युको समय कसैको दिमागमा के कुरा चल्छ, यस विषयमा कोहीसँग पनि केही जानकारी छैन ।  तर यस विषयमा वैज्ञानिकहरुले एक अध्ययन गरेका छन् ।  

बिबिसीमा प्रकाशित रिपोर्टका अनुसार वैज्ञानिकहरुले गरेको अध्ययनमा मृत्युको तांन्त्रिक विज्ञानको बारेमा चाखलाग्दा जानकारी पाइएको छ । यो अध्ययन बर्लिनको चेरिट युनिभसिटी अफ ओहायोको सिनसिनाटी युनिभर्सिटीको वैज्ञानिकहरुले जेन्स ड्रेयरको अगुवाइमा गरिएको बिबिसीले जनाएको छ ।  

यसको लागि वैज्ञानिकले केही बिरामीको तंन्त्रिका तंत्रमा निगरानी राखिएको थियो । जसको लागि उनीहरुले मृतकको परिवारजनसँग पहिले नै अनुमति लिएका थिए ।  

अध्ययन गरिएका मान्छेहरु सडक दुर्घटनामा घाइते भएका तथा स्ट्रेट र कार्डिक अरेस्टको शिकार भएका थिए । वैज्ञानिकहरुको अनुसार पशु र मानव दुबैको दिमाग मृत्युको समय एकै तरिकाबाट काम गर्दछ । साथै एक यस्तो अवस्था पनि आउछ जव दिमागको कामकाजको भर्चुअल बाहाली हुनसक्छ । 

मृत्युको समयमा दिमागको निगरानी मात्र नगरी उनीहरुलाई जीवनको अन्तिम क्षणमा मृत्युबाट कसरी बचाउन सकिन्छ भनेर पत्ता लगाउन  अध्ययन गरिएको थियो  । 

यी वैज्ञानिकहरुले शोध गर्नु भन्दा पहिलो ‘ब्रेन डेथ’ को बारेमा हामी जति जान्दछौ, उनीहरुमा धेरैजसो जानकारी पशुहरुमा गरिएको जानकारीसँग मिलेको देखिएको वैज्ञानिकहरुले बताएका छन् ।  

हामी जान्दछौ, की मृत्युका समय शरीरमा रगतको प्रवाह रोकिन्छ र यसपछि  दिमागमा अक्सिजनको कमी हुन जान्छ । 

‘सेरेब्रल इस्किमया’ नामको यस स्थितिमा आवश्यक रसायनिक अवयव कम हुन जान्छ । जसले गर्दा दिमागमा इलेक्ट्रिकल एक्टिभिटी पुरै खत्तम भएर जान्छ । दिमागलाई धेरै शान्त पार्न यो प्रक्रिया संचालनमा आउने गर्दछ । न्युरोन्सले आफ्नो उर्जाको संरक्षण गरेको हुन्छ । तर यस अवस्थामा उर्जा संरक्षणले कुनै काम गर्न सक्दैन् किनकी मृत्यु आइसकेको हुन्छ ।

सबै महत्वपुर्ण आयनहरु कोशिकाहरुलाई छोडेर बाहिर गएको हुदा एडेनोसीन ट्राइफरेष्टको आपूर्ति कमजोर हुदै जान्छ र यही नै यसको जटिल जैविक रसायन हो जुन पुरै शरिरमा उर्जाको स्टोर गर्दछ र उसले एक ठाँउबाट अर्को ठाँउमा लैजान्छ । यसपछि टिस्यु रिकभरी असंभव हुन्छ । 

वैज्ञानिकहरुको समुहले मानिसको सम्बन्धमा यस प्रक्रियाको अझ गहिराइबाट बुझ्न खोज्दै उनीहरुले केही बिरामीको दिमागको न्युरोलोजिकल गतिविधिको निगरानी गरेका थिए । 
डाक्टरहरुलाई निर्देशन दिएको थिए की यी विरामीको इलेक्ट्रोड स्ट्रिप्सको प्रयोगबाट बेहोशीबाट फर्काउने कोसिस नगर्नुस् ।

वैज्ञानिकहरुको अनुसार ९ जनामा ८ जना बिरामीको दिमागको कोशिकाले मृत्युबाट बच्ने प्रयास गरिरहेका थिए । उनीहरुका अनुसार मुटुकोको धड्कन रोकिएपछि पनि दिमागको कोशिका र न्युरोले काम गरिरहने बताएका छन्  । 

न्युरोको काम गर्ने प्रक्रिया यस्तो हुन्छ की उसले आफै चार्ज भएको आयानहरुसँग भरिन्छन् र आफु र आफ्नो वातावरणबीच विद्युत असन्तुलन बनाउछ । यसले यिनले छोटो झड्का सिर्जना गर्ने क्षमता राख्दछ । वैज्ञानिकहरुका अनुसार यो विधुत असन्तुलन बनाए राख्नु एक लगातार गरिरहने प्रयास हो ।  

यसको लागि कोशिकाहरुले बग्दै गरेको रगतको प्रयोग गर्दछ । र त्यसबाट अक्सिजन र रसायनिक उर्जा लिन्छ । वैज्ञानिहरुका अनुसार जव शरिर मर्दछ तथा शरिरको रक्तसंचार बन्द हुन्छ तव अक्सिजनबाट बञ्चित न्युरोले ती श्रोतहरुलाई जम्मा गर्ने कोशिस गर्दछ । 

विस्तारै पुरै मश्तिष्कमा एक साथ फैलिन्छ यसलाई ‘अनडिस्पर्ड डिप्रेशन’ भनिन्छ । यसपछिको स्थितिलाई  ‘डिपोलराइजेशन  अफ डिफ्युजन’ भनिन्छ । जसलाई बोलिचालीको भाषामा ‘सेरब्रल सुनामी’ भनिन्छ । 

इलेक्ट्रोकेमिकल ब्यालेन्सको कारण दिमागको कोशिका नष्ट हुन पुग्छ । जसले गर्दा पुर्ण मात्रामा थर्मल उर्जा जारी गर्दछ । यसपछि मान्छेको मृत्यु हुन्छ ।  यस अध्ययनले भनेको छ की मृत्यु आज जति अटल छ, भविष्यमा पनि उस्तै रहन्छ भन्ने जरुरी छैन । 

जेन्स ड्रेयर भन्छन् “एक्सपन्सिव डिपोलराइजेशनबाट कोशिकाको परिवर्तन शुरु हुन्छ र फेरी मृत्यु हुन्छ, तर यो आफैमा मृत्युको लक्षण भने होइन । किनभने डिपोलराइजेशनले उर्जाको आपूर्ति गरी पुनस्थापित गर्न सक्छ ।” 

यद्यपि यो लागु गर्नको लागि धेरै अध्ययन गर्नु जरुरी छ । ड्रेयर भन्छन् की मृत्युको लागि यो एक जटिल घटना हो र यससँग सम्बन्धित प्रश्नको लागि सजिलो जवाफ छैन् ।   
 

-बिबिसी हिन्दीबाट भावानुवादित 

सम्बन्धित समाचार

नुवाकोटको स्वास्थ्य चौकीका सेवा प्रभावकारी देखिएन

नुवाकोट / यहाँका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास केन्द्रले गरेको विभिन्न ३५ वटा स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन अनुसार

स्वास्थ्य बीमा गरे पनि सेवा नपाएको गुनासो

सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुमा स्वास्थ्य बीमा गरे पनि सेवा नपाएको बिमितले गुनासो गरेका छन् । जिल्लामा स्वास्थ्य बीमा गराएबापत नियमअनुसार पाउनुपर्ने औषधि नपाएको उनीहरुको गुनासो छ । सेवा नपाउनेमा सर्वसाधारणदेखि

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार भएको उनका छोरा इन्दिवर घिमिरेले जानकारी दिए ।  गत जेठ १९ गते मेदान्तबाट उपचार

पदभार ग्रहण गदै उपेन्द्र यादवले भने- 'गुणस्तरीय स्वास्थ्य सेवा जनताको पहुँचमा'

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवा सबै जनाताको पहुँचमा पुर्याइने बताएका छन् ।  स्वास्थ्य मन्त्रालयमा शुक्रबार पदबहालीका क्रममा उपप्रधानमन्त्री यादवले अहिलेको आवश्यकता र परिवर्तित राजनीतिक सन्दर्भमा मुलुकको