गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा

खरीबोट
ad

काठमाडौँ ।  नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् । 

सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह गरेपनि उक्त कम्पनीले अटेर गरेका हुन् । नेपाल गुणस्तर तथा नापतौल विभागले पुसमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न नलिएका ग्यास उद्योगमाथि कारबाही चलाएपछि दुई महिनाभित्र लिने भनेपनि अहिलेसम्म लिएका छैनन् । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनी ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिने संख्यामा बढेको बताउनुहुन्छ । “कारबाही अभियान सञ्चालन गरेपछि तीन ग्यास उद्योगले प्रमाणपत्र चिह्न लिएका छन्, २० वटा कम्पनी लिने चरणमा छन्,” उनले भने । सम्पूर्ण ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी विभागले सबै उद्योगसँग आवश्यक कागजात मगाइरहेको उनको भनाइ छ । 

नेपालमा रहेका ५५ ग्यास उद्योगमध्ये हालसम्म मनोज ग्यास उद्योग, वीरगञ्ज, श्रीकृष्ण ग्यास उद्योग, धादिङ, साइबाबा ग्यास उद्योग, धादिङ, नेपाल ग्यास उद्योग, बालाजु, जानकी ग्यास उद्योग, नवलपरासी, मेट्रो ग्यास उद्योग, धादिङ र एनएल ग्यास उद्योग, वीरगञ्जले नेपाल गुणस्तर चिह्न लिएका छन् । 

गुणस्तर प्रमाणपत्र नलिई सञ्चालन गरेको व्यापक जनगुनासो आएपछि विभागले यही पुसमा विभिन्न ठाउँका १० उद्योगको अनुगमन गरेको थियो । ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न नियमावलीको अनुसूची–२ अनुसार आवश्यक कागजात र प्रक्रिया पूरा गरेपछि मात्र विभागले गुणस्तर प्रमाणपत्र दिने गरेको छ । 

सम्बन्धित समाचार

हामीले प्रयोग गर्ने ग्यास कति सुरक्षित ? जम्मा ८ ग्यास उद्योगले लिए गुणस्तर चिन्ह

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । गुणस्तर चिह्न लिने

गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा

काठमाडौँ ।  नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् ।  सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह

ग्यास उद्योगको लापरबाही : एनएस प्रमाणपत्रका लागि अझै १८ ग्यास उद्योगले दिएनन् चासो

काठमाडौँ । ग्यास उद्योगीको लाहपरबाहीको पछिल्लो उदाहरण बनेको छ, विरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागीको घटना । गत पुस ५ गते उद्योगको प्लान्टमा आगलागी हुँदा दुई जनाको अकालमा मृत्यु भयो

तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ ।  विभागले जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगञ्जलाई