अश्लील भिडियो बनाई पैसा ठग्ने पक्राउ

खरीबोट
ad

रत्ननगर, चितवन ।  महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । 

सापकोटाले भरतपुर महानगरपालिका–२२ की एक महिलाको फोटो ब्ल्याकमेलिङ गरी रु ५० हजार ठगेको अनुसन्धानमा खुलेको ढकालले जानकारी दिए ।

त्यसपछि विभिन्न नम्बरबाट फोन गरी रु तीन लाख माग गरेको र सो रकम नदिएमा सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने भनेर ब्ल्याकमेल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

पीडितबाट उजुरी परेपछि सापकोटालाई मंगलबार भरतपुरको हाकिमचोकबाट पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

सम्बन्धित समाचार

बसको ठक्करबाट भरतपुरमा महिलाको मृत्यु

चितवन / भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ग१ख १९७३ नंको बसले

चितवनको माडीमा कृषि विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

चितवन । कृषि विकास बैंक, चितवनको माडी शाखाले सामुदायिक सिकाई केन्द्रको समन्वयमा एक दिने वित्तिय कार्यक्रम सम्पन्न भएको छ ।  सो कार्यक्रममा बैंकको क्षेत्रिय कार्यालय, वीरगञ्जका शाखा प्रमुख रामचन्द्र अधिकारीले वित्तीय

मध्यवर्तीका बासिन्दाले एक वर्षदेखि राहत पाएनन्

चितवन / चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट भएको मानवीय र भौतिक क्षतिको राहत रकम विगत एक वर्षदेखि पीडितले पाउन सकेका छैनन् ।  मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सहज

पार्टी व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

चितवन / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताएका छन  । पत्रकारहरुसँगको कुराकानीमा उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै