कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र छपाइ शुरु

खरीबोट
ad

भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।

परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिइन् । बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ । 

आगामी वैशाख १४ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेदेखि कक्षा ११ को परीक्षा शुरु हुनेछ । परीक्षामा देशभरबाट नौ लाखभन्दा बढी विद्यार्थीको सहभागिता रहने बोर्डले जानकारी दिएको छ । 

त्यसैगरी, बोर्डले मंगलबारदेखि परीक्षाको प्रश्नपत्र छपाइ शुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा गोप्य प्रेसमा कक्षा ११ र १२ को प्रश्नपत्र छपाइ शुरु भएको बोर्डकी प्रवक्ता सत्यालले जानकारी दिइन् । 

सम्बन्धित समाचार

कक्षा ११ र १२ को परीक्षा मर्यादित बनाउन छलफल 

भक्तपुर । यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको

११,१२ कक्षामा परिक्षा फाराम भर्न छुटेका विद्यार्थीलाई फाराम भर्ने मौका

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख÷जेठमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेका विद्यार्थी एवं विद्यालयलाई पुन : फाराम भर्न अन्तिम मौका दिएको छ । परीक्षा फारम भर्न

कक्षा १२ को मौका परीक्षाको परीक्षाफ़ल प्रकाशित (नतिजा हेर्नुहोस्)

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मिका परीक्षाको परिक्षाफ़ल प्रकाशित गरेको छ ।  बोर्डका अनुसार कुल ३९४४६ परिक्षार्थीमा परीक्षामा सहभागी भएकोमा ३४५३० परीक्षार्थी उत्तीर्ण भएका छन् । मौका परीक्षामा ८७.५४