काठमाडौँ । इटालियन क्लब एएस रोमा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराती भएको खेलमा रोमाले शख्तर डोनेटस्कलाई १-० ले पराजित गर्दै अवे गोलको आधारमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लिगमा २-१ ले हारेको रोमाले दोस्रो लिगमा १-० को नतिजा निकाल्दै समग्रमा २-२ गोलको बराबरी गरेको थियो ।
रोमाको घरेलु मैदानमा भएको खेलमा शख्तर गोल गर्न असफल भएपछि त्यसको फाइदा रोमालाई भयो ।
रोमाको जितमा म्यानचेस्टर सिटीका पुर्व स्ट्राइकर इडेन डिजेकोले खेलको ५२औ मिनेटमा निर्णायक गोल गरेका थिए ।
खेलको ७९औ मिनेटमा शख्तरका इभान ओरडेट रातो कार्ड पाएर मैदान छोडेपछि शख्तर १० खेलाडीमा सिमित भएको थियो ।
यो सँगै रोमको इतिहासमा तेस्रो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यस अघि रोम २००७/८ मा क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।