• २०८१ बैशाख ६ बिहीबार

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो, सेभिल्ला क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।  

गएराती भएको खेलमा स्पेनिस क्लब सेभिल्लासँग २-१ गोल अन्तरले पराजित हुदै युनाइटेड समग्रमा २-१ गोल अन्तरले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो ।  

सेभिल्ला पहिलो लिगमा बिना कुनै गोल बराबरी र दोस्रो लिगमा २-१ को अग्रता सहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो ठाउ सुरक्षित गरेको छ । 

सेभिल्लाको जितमा फ्रेन्च स्ट्राइकर विसम बेन एडडरले दुई गोल गरेका थिए ।  उनले खेलको ७४औ र ७८औ मिनेटमा दुई गोल गरेका थिए भने युनाइटेडका लागि खेलको ८४औ मिनेटमा रमालु लुकाकुले एक गोल फर्काएका थिए । 

यस सँगै म्यानचेस्टर युनाइटेड पछिल्ला ९ नकआउट खेलमा केबल एक खेलमा मात्र जित जिकलं सकेको छ ।  जसमा ३ खेल बराबरी गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । 

यस खेलमा बेन एडडरले सबस्टिच्युटको रुपमा मैदानमा आएको ८७ सेकेन्डमै गोल गरेका थिए ।  जुन यस सिजनको च्याम्पियन्स लिगमा कुनै सबस्टिच्युटले गरेको सबै भन्दा छिटो गोल हो । 

म्यानचेस्टर युनाइटेडका म्यानेजर जोसे मोरिन्होले खेलपछि प्रतिक्रिया दिदै युनाइटेडका लागि यो हार कुनै नयाँ नभएको बताएका छन् । यस अघि आफु पोर्टो र रियल म्याड्रिडमा हुदा पनि युनाइटेडलाई हराएको भन्दै यो नयाँ नभएको बताएका छन् ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै