• २०८१ बैशाख ८ शनिबार

कञ्चनपुरमा अटोरिक्सा पल्टिँदा चालकको मृत्यु

kharibot

भीमदत्तनगर । कञ्चनपुर भीमदत्तनगरमा आज अटोरिक्सा पल्टिँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१५ का ४७ वर्षीय चालक दीपु खुना रहेको प्रहरीले जनाएको छ । 

भीमदत्तनगरबाट गड्डाचौकीतर्फ गइरहेको ओन टेष्ट अटोरिक्सा भीमदत्तनगरपालिका–६ बनगाउँ चौराहामा सडकबाट करिब १० मिटर तल खसेर बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका चालक खुनाको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जनाकारी दिए । 

मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै