काठमाडौं । कैलालीको मसुरिया शंकरपुरस्थित मंगलबार बेलुका यात्रुबाहक बस दुर्घटना भएको छ ।
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरको महाकाली यातायातको ना ४ ख ५३१७ नम्बर बस ६ बजेर २२ मिनेटमा दुर्घटना भएको हो । दुर्घटनामा परि १७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुहरुलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
श्रीपुरका घाइतेमध्ये कैलालीको श्रीपुरका रमेश थापाको टाउकोमा चोट लागेको बताइएको छ । ।
उनका अनुसार ३० जना भन्दा बढी यात्रु सवार रहेको गाडी तीब्र गतीका कारण दुर्घटना भएको हो । बस चालक नियन्त्रणमा लिएको बताएको छ ।