अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आफ्ना विदेशमन्त्री रेक्स टिलरसनलाई बर्खास्त

खरीबोट

वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विदेश मन्त्री रेक्स टिलरसनलाई बर्खास्त गरेका छन् । 

राष्ट्रपति ट्रम्पले विदेश मन्त्री टिलरसनलाई उनले दिएको सेवाप्रति धन्यवाद दिदै उनको ठाउमा हाल सिआईएका निर्देशक रहेका माइक पोमपिओलाई ल्याएको जानकारी दिएका छन् ।

गत बर्ष फेब्रुअरी १ मा अमेरिकी विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका टिलरसन राष्ट्रपति ट्रम्पको टिमबाट बाहिरिने अहिलेसम्मका ठुला व्यक्ति हुन् । यसअघि ट्रम्पसँग कुरा नमिलेको भन्दै उनका कैयौ सहयोगीहरुले उनलाई छोडेका छन् ।

६५ बर्षिय सिभिल इन्जिनियर टिलरसन अमेरिकाको ६९औ विदेशमन्त्री बनेका थिए ।
 

सम्बन्धित समाचार

मेलानिया ट्रम्पका बाबुआमाले अमेरिकी नागरिकता लिए

न्यूयोर्क। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिक रुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।  राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर र सासु अमालिजा नाभ्सले अमेरिकी नागरिकता लिएको आप्रवासन सम्बन्धी

किम जोङ उनले ट्रम्पलाई पत्र लेखे

वासिङटन।  अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार नयाँ पत्र लेखेको जनाएको छ ।  ट्रम्पले बिहीबार ट्वीट गर्दै किमलाई धन्यवाद दिएका छन् ।

इरानका राष्ट्रपतिसँग भेट्न ट्रम्प तयार

वासिङ्टन।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानी राष्ट्रपति हसन रौहानीसँग भेट्न तयार भएका छन् ।  सोमबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति रौहानीसँग आफू विनाशर्त भेटेर वार्ता गर्न तयार रहेको कुरा सोमबार

ट्रम्प फेरी विवादमा : पोर्न स्टारलाई पैसा दिन भएको कुराकानीको अडियो सार्वजनिक 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी नयाँ विवादमा परेका छन् । यस अघि अमेरिकी मिडियाले सार्वजनिक भएको राष्ट्रपति ट्रम्पले पोर्न स्टारसँग सम्बन्ध राखेको समाचार प्रकाशित  भएको थियो । ट्रम्पले