• २०८१ बैशाख ८ शनिबार

सर्वोच्चको आदेशपछि राप्रपा प्रजातान्त्रिक पार्टी दर्ता प्रक्रिया अघि बढने

kharibot

काठमाडौं । राप्रपा प्रजातान्त्रिक पार्टी दर्ता प्रक्रिया अघि बढने भएको छ । 

सर्वोच्च अदालतले राप्रपा प्रजातान्त्रिकले दिएको रिटमा फैसला गर्दै निर्वाचन आयोगलाई दल दर्ता गर्ने प्रक्रिया अगाडी बढाउँ आदेश दिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको इजलासले सोमबार राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्यहरुको हस्ताक्षर सनाखत प्रक्रिया रोक्न आदेश दिएको छ ।

सर्वोच्चको अन्तरिम आदेशमा निवेदकको नयाँ दल दर्ता गर्ने माग सम्वन्धमा आवश्यक पर्ने अन्य कानुनी प्रक्रिया अपनाई दल दर्ता र चुनाव चिन्ह सम्वन्धमा आवश्यक निर्णय गर्न भनेको छ ।

राप्रपाबाट अलग भएको समूहले पशुपतिशम्शेर राणाको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । यसक्रममा ६४ जनाको हस्ताक्षर बुझाइएको थियो । तर, उनीहरु मध्ये केही केन्द्रीय सदस्य नै नभएको भन्दै राप्रपाले उजुरी दिएपछि आयोगले हस्ताक्षर सनाखत गर्न भनेको थियो ।

सुरुमा समय मागेको राप्रपा प्रजातान्त्रिका अध्यक्ष राणाले पुरानै हस्ताक्षरलाई मन्यता दिई दल दर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट हाले । साथै आयोगले तोकेको समयमा हस्ताक्षर सनाखतका लागि आयोगमा उपस्थित समेत भएका थिएनन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै