सर्वोच्चको आदेशपछि राप्रपा प्रजातान्त्रिक पार्टी दर्ता प्रक्रिया अघि बढने

खरीबोट

काठमाडौं । राप्रपा प्रजातान्त्रिक पार्टी दर्ता प्रक्रिया अघि बढने भएको छ । 

सर्वोच्च अदालतले राप्रपा प्रजातान्त्रिकले दिएको रिटमा फैसला गर्दै निर्वाचन आयोगलाई दल दर्ता गर्ने प्रक्रिया अगाडी बढाउँ आदेश दिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको इजलासले सोमबार राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्यहरुको हस्ताक्षर सनाखत प्रक्रिया रोक्न आदेश दिएको छ ।

सर्वोच्चको अन्तरिम आदेशमा निवेदकको नयाँ दल दर्ता गर्ने माग सम्वन्धमा आवश्यक पर्ने अन्य कानुनी प्रक्रिया अपनाई दल दर्ता र चुनाव चिन्ह सम्वन्धमा आवश्यक निर्णय गर्न भनेको छ ।

राप्रपाबाट अलग भएको समूहले पशुपतिशम्शेर राणाको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । यसक्रममा ६४ जनाको हस्ताक्षर बुझाइएको थियो । तर, उनीहरु मध्ये केही केन्द्रीय सदस्य नै नभएको भन्दै राप्रपाले उजुरी दिएपछि आयोगले हस्ताक्षर सनाखत गर्न भनेको थियो ।

सुरुमा समय मागेको राप्रपा प्रजातान्त्रिका अध्यक्ष राणाले पुरानै हस्ताक्षरलाई मन्यता दिई दल दर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट हाले । साथै आयोगले तोकेको समयमा हस्ताक्षर सनाखतका लागि आयोगमा उपस्थित समेत भएका थिएनन् ।
 

सम्बन्धित समाचार

राप्रपा र नयाँ शक्तिबीच गोरखा र मकवानपुरमा एकअर्कालाई सहयोग गर्ने सहमति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ शक्ति पार्टीबीच गोरखा र मकवानपुरमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ । सोमबार भएको सहमति अनुसार गोरखा –२ मा नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलाई राप्रपाले सहयोग

प्रचण्डपुत्र प्रकाश दाहालको मृत्युमा राप्रपाद्वारा दु:ख व्यक्त

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टीका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा दाहालको आज

राप्रपा प्रजातान्त्रिकका रोल्पाका उम्मेदवार माओवादी केन्द्रमा प्रवेश 

रोल्पा ।  राप्रपा (प्रजातान्त्रिक)का रोल्पाबाट प्रदेश सभाका उम्मेदवार वीरसिंह ठकुरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रोल्पाको प्रदेश सभा ‘क’ बाट उम्मेदवारी दर्ता गराएका उनले शुक्रबार लिबाङमा आयोजित वाम गठबन्धनको

राप्रपा जिल्ला सदस्यको चुनाव प्रचारका क्रममा भिरबाट लडेर मृत्यु

खोटाङ ।  नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ ।  आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय