जनताले महसुस गर्नेगरी ट्राफिक व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

खरीबोट
ad

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले जनताले महसुस गर्नेगरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिएका छन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखलगायतका सरकारी पदाधिकारीलाई आज गृह मन्त्रालयमा बोलाएर तत्काल सडक जाम हटाउने कार्ययोजना ल्याउन गृहमन्त्री थापाले निर्देशन दिए । 

उनले ट्राफिक व्यवस्थापन गर्न तीन महिना, छ महिना कति सयम लाग्छ सोहीअनुरुपको खाका बनाउन सरकारी अधिकारीहरुलाई निर्देशन दिए । उनले भने, ‘विद्युत्भार कटौतीमुक्त नेपाल घोषणा गरिएजस्तै ट्राफिक जाममुक्त नेपाल घोषणा गर्नेगरी कार्ययोजना अघि बढाउनुहोस् ।’ 

गृहमन्त्री थापाले सडक, पुल निर्माणमा ढिलासुस्ती हुनुमा भ्रष्टाचार र अनियमितता जोडिएको भन्दै त्यसको छानबिन हुन आवश्यक रहेको बताए । उनले भने, ‘सडक, पुल बनाउन ठेक्का लिने तर समयमै सम्पन्न नगर्नेलाई समेत कारबाहीको दायरामा ल्याउनुहोस् ।’

उनले यातायात क्षेत्रमा ‘सिण्डकेट’को दबदबा रहेको भन्दै त्यसको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । जनताको अभिलाषा सुरक्षित यात्रा’ भन्ने नारासहित सडक दुर्घटनालाई न्यूनीकरण गर्ने अभियान शुरु गर्न आवश्यक रहेको उनको भनाइ छ । 

कार्यक्रममा सरकारी पदाधिकारीले सरकारी संयन्त्रबीच समन्वयको अभाव, ठेकेदारको लापरबाही, राजनीतिक हस्तक्षेप, जनशक्ति र आर्थिक अभावलगायतका कारणले ‘ट्राफिक जाम’ र सडक निर्माणमा ढिलाई भइरहेको जानकारी गराएका थिए । 

समन्वय समिति बनाइने 

ट्राफिक व्यवस्थापन, सडक तथा पुल निर्माणमा भएका ढिलासुस्तीलगायतका विषयको नियमित समन्वय र अनुगमन गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा समन्वय समिति गठन गरिने भएको छ । 

सडकसँग जोडिएका क्षेत्रहरु महानगरपालिका, नगरपालिका, नेपाल विद्युत प्राधिकरण, यातायात व्यवस्था विभाग, सडक विभाग, ढल व्यवस्थापन गर्ने निकाय, दूरसञ्चार प्राधिकरणलगायत विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिसमेत रहनेगरी यस्तो समिति गठन गर्ने प्रस्ताव आजको बैठकले गरेको हो । 

त्यसका लागि छिट्टै सबै सरोकारवाला निकायहरुलाई डाकेर अर्को बैठक बस्ने सहमति आजको छलफलमा भएको छ । 

जनताबाट ट्राफिक व्यवस्थापन र सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे आएका जनगुनासो सम्बोधन गर्न यस्तो समिति गठन गर्नुपर्ने आवश्यकता देखिएको गृहमन्त्री थापाले बताए । 

सम्बन्धित समाचार

विकास र समृद्धिका लागि सिण्डिकेट अन्त्य हुनुपर्छ : गृहमन्त्री थापा

धनगढी । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अनियमितता र सिण्डिकेटको अन्त्य नभएसम्म मुलुकमा विकास र समृद्धि आउन नसक्ने बताएका छन् ।  आज यहां आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विकास निर्माण, यातायात, स्वास्थ्य,

विकासका निम्ति सुशासन अपरिहार्य छ : गृहमन्त्री थापा

सुर्खेत । गृहमन्त्री रामबहादुर थापा बादलले मुलुक विकासका निम्ति सुशासन अपरिहार्य रहेको बताएका छन् ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आइपुग्नुभएका गृहमन्त्री थापाले पत्रकारहरुसँगको भेटघाटमा

सच्चिनुहोस्, नभए कारबाही भोग्न तयार हुनुहोस् : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने निर्माण व्यवसायीलाई स्पष्ट पारेका छन् ।  आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएका

सबै क्षेत्रको सिण्डिकेट अन्त्य गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सबै किसिमका सिण्डिकेट अन्त्य गर्ने गरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायब महानिरीक्षक डिआइजी हरुलाई निर्देशन दिएका छन् ।  गृहमन्त्रीस्तरीय निर्णयबाट सातै प्रदेशका प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान

Loading...

Loading...