• २०८१ बैशाख ४ मंगलबार

विश्वकप छनौटको समुह चरणका उत्कृष्ट ११ खेलाडीमा पारस खड्का

kharibot

काठमाडौँ । आसीसीले जिम्बाबेमा जारी एकदिवसीय विश्वकप छनौट प्रतियोगिताको समूह चरणका उत्कृष्ट ११ खेलाडीको नाम सार्वजनिक गरेको छ । 

गत फागुन २० गतेबाट सुरु भएको प्रतियोगिताको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुचिमा नेपाली कप्तान पारस खड्का समेत परेका छन् ।

आइसीसीले सार्वजनिक गरेको सो सुचिमा पारस पाँचौं नम्बरमा रहेका छन् । यस प्रतियोगितामा कप्तान पारस खड्काको प्रदर्शन उत्कृष्ट रहेको छ । नेपाली ब्याटिंगमा खम्बा बनेर मैदानमा डटेका पारसले जिम्बाबे बिरुद्द ४०, स्कटल्याण्ड बिरुद्द ६३, अफगानिस्तान बिरुद्द ७५ र हंगकंग बिरुद्द ११ रन गरि जम्मा ४ खेलमा १८९ रन जोडेका छन् । 

साथै लिस्ट ए खेलमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी पनि पारस बनेका छन् । सन् २०१४ मा युएईसँग खेल्दै लिस्ट ए क्रिकेटको सुरुवात गरेका पारसको नाममा ‘लिस्ट ए’  क्रिकेटमा २ शतक र ७ अर्धशतक रहेको छ ।

पारसले यसअघि सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईको फाइनल खेलमा युएईबिरुद्द शतकीय पारि समेत खेलेका थिए । अविजित ११२ रनको इनिंग खेलेका पारसले सो प्रतियोगितामा कुल २४१ रन जोड्दै प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका थिए ।

आईसीसीले सार्वजनिक गरेको खेलाडी सुची :

१.    विलियम पोटरफिल्ड (आयरल्याण्ड)
२.    टोनी उरा (पपुवा न्यू गिनी )
३.    कलम म्याकलियड (स्कटल्याण्ड)
४.    ब्रेण्डन टेलर (जिम्बाबे)
५.    पारस खड्का (नेपाल)
६.    अन्शुमन राथ (हङकङ)
७.    सिकन्दर रजा (जिम्बाबे)
८.    रोहन मुस्तफा (युएई)
९.    मोहम्मद नाबि (अफगानिस्तान)
१०.    जेसन होल्डर (वेस्टविंडीज)
११.    एहसान खान (हङकङ)
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै