• २०८१ बैशाख ४ मंगलबार

डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबलमा नेपालले भाग लिने

kharibot

काठमाडौँ । स्पेनमा हुने दशौँ डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालबाट १८ खेलाडीले भाग लिने भएका छन् । 

स्कलर्स होम एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका प्रिन्सिपल हरिनारायण उपाध्यायले १३ र १४ वर्ष उमेर समूहको विधामा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । 

प्रतियोगितामा पाँच महादेशका ५७ मुलुकबाट करिब पाँच सय टोलीको सहभागिता रहने एकेडेमीका प्रिन्सिपल उपाध्यायले बताए । 

आगामी जुलाई १ देखि ८ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १० देखि १८ वर्षसम्मको उमेर समूहका टोलीबीच प्रतिस्पर्धा हुनेछ । सामाखुसीमा रहेको उक्त एकेडेमीमा अध्ययनरत् विद्यार्थीमध्ये उत्कृष्ट खेल प्रदर्शन गर्ने १८ खेलाडीलाई छनोट गरिएको आयोजकले जनाएको छ । 

टोलीको मुख्य प्रशिक्षक भरत लामा हुनुहुन्छ भने कप्तानमा कक्षा ८ मा अध्ययनरत् अनुज पौडेल छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै