डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबलमा नेपालले भाग लिने

खरीबोट
ad

काठमाडौँ । स्पेनमा हुने दशौँ डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालबाट १८ खेलाडीले भाग लिने भएका छन् । 

स्कलर्स होम एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका प्रिन्सिपल हरिनारायण उपाध्यायले १३ र १४ वर्ष उमेर समूहको विधामा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । 

प्रतियोगितामा पाँच महादेशका ५७ मुलुकबाट करिब पाँच सय टोलीको सहभागिता रहने एकेडेमीका प्रिन्सिपल उपाध्यायले बताए । 

आगामी जुलाई १ देखि ८ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १० देखि १८ वर्षसम्मको उमेर समूहका टोलीबीच प्रतिस्पर्धा हुनेछ । सामाखुसीमा रहेको उक्त एकेडेमीमा अध्ययनरत् विद्यार्थीमध्ये उत्कृष्ट खेल प्रदर्शन गर्ने १८ खेलाडीलाई छनोट गरिएको आयोजकले जनाएको छ । 

टोलीको मुख्य प्रशिक्षक भरत लामा हुनुहुन्छ भने कप्तानमा कक्षा ८ मा अध्ययनरत् अनुज पौडेल छन् ।

सम्बन्धित समाचार

विश्वकप फुटबलको अफिसियल गीत ‘लिभ इट अप’ सार्वजनिक

काठमाडौं ।  फिफाले विश्वकपको आधिकारिक गीत सार्वजनिक गरेको छ । निकी जामले गाएको गीतमा हलिउड अभिनेता तथा गायक विल स्मिथ र इरा स्टेरेफीले साथ दिएका छन् । ‘लिभ इट अप’ नाम

आगामी १७ गतेदेखि जीतपुरसिमरामा मेयर कप फुटबल हुने

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।  उपमहानगरपालिकाको सहयोग र सामुदायिक विकासशील क्लब सिमराको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

फुटबलर मेसी समकक्षी साथी इनिएष्टाको विदाइ सम्मानमा दर्शकलाई अभिवादन गर्दै  

बार्सिलोना क्लबका अर्जेन्टिनी फरवार्ड लिओनल मेसी क्लबका समकक्षी मिडफिल्डर आन्ड्रेज इनिएष्टाको विदाइमा दर्शकलाई अभिवादन गर्दै । आइतबार बार्सिलोनाको क्याम्प नाउ स्टेडियममा लिगको अन्तिम खेल रियल सोसिडाडसँग खेलेपछि इनिएष्टाप्रति क्लबले सम्मान गरेको

रसिया विश्वकपका लागि ब्राजिलको २३ सदस्यीय टिमको घोषणा, को को परे ?

काठमाडौँ । रसिया विश्वकप आउन अब एक महिना बाँकी हुदा ब्राजिलले विश्वकपका २३ सदस्यीय खेलाडीको घोषणा गरेको छ ।  गएराती घोषणा गरिएको टिममा हाल इन्जुरीबाट मैदान बाहिर रहेका नेइमारलाई टिममा समावेश

Loading...

Loading...