ममताप्रसाद चौधरीलाई आक्रमण गरेको आशंकामा तीन पक्राउ

खरीबोट
ad

धनगढी । कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन् । 

प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले पक्राउ परेका शंकास्पद तीन जनामाथि अनुसन्धान थालिएको बताए । 

‘पक्राउ परेकाहरुको नाम दिन अहिल्यै मिल्दैन,’ नेपालले भने – आक्रमणकारी आज बेलुका वा भोलिसम्ममा पहिचान भइसक्छन् ।’ घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नं को मोटरसाइकल बरामद गरेको छ । 

घोडाघोडी नगरपालिकाको सुखड बजारको आफ्नै घरमा रहेका प्रमुख चौधरीलाई मोटरसाइकलमा आएका अज्ञात तीन व्यक्तिले गएराति टाउकामा खुकुरी र पेट र खुट्टामा गोली प्रहार गरी फरार भएका थिए । 

आक्रमणबाट घाइते हुनुभएका चौधरीलाई तत्काल घोडाघोडी अस्पतालमा लगिएकामा थप उपचारका लागि गएराति नै नेपालगञ्ज लगिएको थियो । उनलाई नेपालगञ्जबाट हेलिकप्टरमार्फत आज काठमाडौँं लगिएको छ । 

उनको खुट्टा र कम्मरमा गोली लागेको थियो भने टाउकोमा खुकुरी प्रहार भएको थियो । नेत्रविक्रम चन्द विप्लबका कार्यकर्ताले नगर प्रमुख चौधरीलाई राजीनामा दिन दबाब दिएको बताइएको छ । 

यस्तै, उनलाई केही दिनअघि सोही नगरपालिकाको देउकलियामा बोक्सीको आरोपमा स्थानीय युवती राधा चौधरीमाथि भएको कुटपिटको घटना गाउँमै मिलाउन दबाब दिई प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप लागेको थियो । नेकपा एमालेका तर्फबाट उनी नगरपालिकाको प्रमुखमा विजयी भएका थिए ।

सम्बन्धित समाचार

अख्तियारद्वारा कपिलवस्तुका सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ

कपिलवस्तु । कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट तीन

विद्युत् चोरीको आरोपमा वडा अध्यक्षसहित २१ जना पक्राउ

राजविराज । सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त

रकम ठगी गरेर फरार रहेका सहकारीका अध्यक्ष पक्राउ

धनकुटा । रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।  धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी लिमिटेड संस्थाले ऋण तथा

ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

राजविराज । सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा