राष्ट्रपति निर्वाचनले गणतन्त्रको संस्थागत विकास

खरीबोट

काठमाडौँ । संघीय संसद् र प्रदेशसभा सदस्यहरुले संघीय संसद्को निर्वाचनपछि भएको राष्ट्रपति निर्वाचनले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने बताउनुभएको छ । 
मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि आज तेस्रो राष्ट्रपति पदका लागि भएको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिस्पर्धामा हुनुहुन्छ । 

संघीय संसद् र प्रदेशसभा सदस्यहरुले मतदानपछि नयाँ राष्ट्रपतिप्रतिको अपेक्षा के छ भन्ने जिज्ञासामा राष्ट्रपतिले संविधानको पालन, रक्षा, सबै नेपालीको अभिभावकत्व र विकास तथा समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नयाँ निर्वाचित राष्ट्रपतिले राष्ट्रिय एकताको प्रबद्र्धन, संविधानको कार्यान्वयन र सिंगो मुलुकको अभिभावकत्व ग्रहण गर्नुपर्ने बताउनुभयो । संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा मुलुक रहेकाले राष्ट्रपतिले सबै राजनीतिक दल र संवैधानिक निकायबीच अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । 

राष्ट्रियसभा सदस्य धना खतिवडाले राष्ट्रपति मलुककै सम्मानजनक पद भएकाले निर्वाचनमा जुन पार्टीका तर्फबाट उम्मेदवार भए पनि निर्वाचित भइसकेपछि पार्टीभन्दा माथि उठेर कसैलाई पक्षपात नगरी सार्वभौमसत्ताको रक्षा र संविधानको पालन गर्नुपर्ने बताउनुभयो । 

नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था छ । संविधानअनुसार राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । 

संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानून बमोजिम फरक छ । संघीय संसद्का सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । संविधान बमोजिमको निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ । 

प्रतिनिधिसभा सदस्य महेन्द्रराय यादवले नयाँ निर्वाचित राष्ट्रपतिले सम्पूर्ण नेपाली जनतालाई समान रुपमा व्यहार गरी राष्ट्रिय एकतालाई संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सवल र सक्षम बनाउन पनि राष्ट्रपतिको भूमिका महत्वपूर्ण हुने उहाँको धारणा थियो । 

प्रतिनिधिसभा सदस्य मीनबहादुर विश्वकर्माले राष्ट्रपति संविधानको रक्षक भएकाले संविधानको दायराभित्र रहेर संविधानको पूर्ण पालना गर्नुपर्ने र संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । 

संविधानको धारा ६१ मा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने उल्लेख छ । संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । 

संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ तर दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुनसक्ने छैन । 

संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान भएको थियो । 

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालकाअनुसार राष्ट्रपति पदको निर्वाचनका लागि संघीय संसद् ९प्रतिनिधिसभा, राष्ट्रियसभा० का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता रहेकामा १८ जना अनुपस्थित हुनुहुन्थ्यो । 

प्रदेश नं ३ का प्रदेशसभा सदस्य उषाकला राईले ठूलो राजनीतिक परिवर्तनपछि मुलुकमा गणतन्त्रको संस्थागत विकास र आर्थिक समृद्धिको अभिभारा राष्ट्रपतिमा रहेको उल्लेख गर्दै त्यसमा राष्ट्रपतिले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

प्रदेश नं ४ का प्रदेशसभा सदस्य आशा कोइरालाले राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपतिले काम गर्नुपर्ने बताउँदै मुलकमा राजनीतिक स्थिरता हुने र विकास तथा समृद्धिमा पनि अभिभावकत्व भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिनिधिसभा सदस्य प्रेम आलेले राष्ट्रपतिले मुलुकमा सुशासन, शान्ति र सुव्यवस्था कायम गर्न निश्पक्ष भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । 

निर्वाचनको मतगणना आजै बेलुकासम्ममा आउने प्रवक्ता ढकालले जानकारी दिनुभयो । वर्तमान राष्ट्रपति भण्डारीलाई नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० लगायत सत्तारुढहरुको समर्थन भएको निर्वाचन परिणाम उहाँको पक्षमा आउने निश्चित देखिएको छ । 

राष्ट्रपतिले संविधान वा संघीय कानूनबमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्ने संविधानले व्यवस्था गरेको छ । संविधानको धारा ६६ अनुसार राष्ट्रपतिले यो संविधान वा संघीय कानूनबमोजिम आफूलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ । 

अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानूनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुने संविधानमा उल्लेख छ । त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्रीमार्फत पेश हुनेछ । 

सम्बन्धित समाचार

प्रतिनिधिसभाका समितिका सभापतिको निर्वाचन सर्यो, भदौ १७ गते हुने 

काठमाडौँ। प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ।  प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७

राष्ट्रियसभाका समितिको निर्वाचन सर्यो, अब भदौ १३ गते हुने 

काठमाडौँ। राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ ।  राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन

सांसद ‘निर्वाचन क्षेत्र विकास’ खर्चका लागि सरकारले मापदण्ड बनायो 

काठमाडौँ। सरकारले सांसदका लागि बजेटमार्फत विनियोजन गरेको ‘निर्वाचन क्षेत्र विकास’को रकम आफूखुशी खर्च गर्न नपाउने गरी कार्यविधि बनाएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सांसदलाई विकास खर्चका लागि छुट्टाइएको

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ५ मा हुने 

काठमाडौँ। प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको निर्वाचन आगामी भदौ ५ गते हुने भएको छ ।  प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले उक्त जानकारी दिनुभयो । समितिहरुको बैठकको अध्यक्षता सम्बन्धित समितिका