• २०८१ बैशाख ७ शुक्रबार

यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुग्यो 

kharibot

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको यूएस बंगला विमानको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

गृह मन्त्रालयले दुर्घटनाबारे जानकारी दिदै विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको जनाएको छ । 

मृत्यु हुनेमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक छन् । दुर्घटनामा घाइते अन्य १९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ थिए ।

सोमबार रातिसम्म ४९ जनाको मृत्यु भएको थियो । मंगलबार उपचार गराई रहेका थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ५१ पुगेको मन्त्रालयले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै