• २०८१ बैशाख ८ शनिबार

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चावहिलमा

kharibot

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौंको  चावहिलमा नयाँ शाखा विस्तार गरेको छ । मंगलबार  चाबहिल स्थित गोपीकृष्णमा शाखा विस्तार भएपछि कार्य सम्पादन शुरु भएको छ ।

नेपाल राष्ट्र बैंकका पुर्व गर्भनर गणेश बहादुर थापाले पानशमा दीयो र गमलामा पानी हालेर बैँकको उद्घाटन गरेका हुन् । प्रमुख अतिथी थापाले मुक्तिनाथ बैँकले ठूलो फड्को मारेको बताएका छन् ।

छोटो समयमा नै बैंकले सफलता हात पार्नुमा कुसल, सक्षम र असल ब्यवस्थापकको सफलता हो उनले भने । त्यस्तै, शतप्रतीशत लगानी उठेको र गतीशिल समेत रहेको बताएका छन् ।
बैँकका कार्यकारी प्रमुख भरतराज ढकालले मुक्तिनाथ बैंक फरक किसिमले नेपाली परिवेशमा कार्यसम्पादन गर्दै आएको बताएका हुन् ।

वचत कर्जा , विमाको बारेमा कार्यक्रम समेत संचालग गदै आएको उनको भनाई छ । त्यस्तै शहरमा बस्नेलाई आधुनीक सुबिधा समेत रहेको बताउँदै भोलीका दिनमा उत्पादन बढाउनुपर्ने र जीवनशैलीलाई नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै , वडा नम्बर ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले  ‘शिक्षा र  स्वास्थ्यको हव रुपमा रहेको ७ नम्बर वडा अब आर्थीक बिकासमा पनी हवको रुपमा स्थापीत हुने बताए ।’ ओम समाज डेण्टल हस्पिटलका डाक्टर सुवास घिमिरेले मान्छे स्वस्थ भएपछि मात्र देशले विकास र समृद्वी हासील गर्न सक्छ त्यसैले सर्बप्रथम आफु स्वस्थ रहन आग्रह गरे ।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालले देश विकासको लागी सहकारीको सहयोग बिना नीजि क्षेत्र र राज्यले मात्र काम गर्न नसक्ने बताए ।  त्यस्तै , मुक्तिनाथ विकास बैँकका संचालक सदस्य गजेन्द्रमान सिंहले मुक्तिनाथ बैंकमा सम्पूर्ण वित्तीय सेवा उपलब्ध भएकाले बैंकमा कारोबार गर्न आग्रह गरेका छन् ।

जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ भन्ने मान्यता अनुसार ११ वर्ष अघि स्याङ्जाबाट संचालन सुरु गरीएको यस बैंकको केन्द्रीय कार्यालय एक वर्षअघि पोखराबाट काठमाण्डौँमा सारीएको थियो । यो संगै बैंकको ७६ शाखा बिस्तार भएको छ भने काठमाण्डौँमा ९ शाखा रहेको छ भने छिटै नै पून ४ शाखा खुल्ने बताइएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै