• २०८१ बैशाख ७ शुक्रबार

बैतडीमा वयस्क चितुवा मृत फेला

kharibot

बैतडी । चितुवा प्रभावित क्षेत्र बैतडीको तल्लोस्वराडमा आज एक वयस्क चितुवा मरेको अवस्थामा फेला परेको छ । 

मेलौली नगरपालिका–२, नानीगाड खोला किनारमा चितुवा मरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

चितुवा सडेको अवस्थामा रहेकाले दुई तीन दिन अगाडि नै मरेको हुनसक्ने प्रहरीले जनाएको छ । खोलामा माछा मार्न गएका युवाले मृत चितुवालाई देखेपछि आज बिहानै प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले वन कार्यालयका मान्छेलाई खबर गरेको र शव परीक्षणपश्चात् मात्रै चितुवा कसरी मरेको भन्ने थाहा हुने बताइएको छ । 

चितुवा मृत भेटिएको बारे थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । मेलौली नगरपालिकाका विभिन्न ठाउँमा चितुवाले आक्रमण गरी धेरैको ज्यान लिइसकेको छ भने त्यसैमध्येको चितुवा मरेको हुनसक्ने अनुमान गरिएको छ । 

चितुवाले २०६८ सालयता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । प्रशासनले धेरैपटक चितुवा मार्नका लागि तल्लोस्वराडमा प्रहरी र वनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकी फर्किने गरेको छ । 

यही फागुन १४ गते रातिमात्रै मेलौली नगरपालिका–९, रोकटाका डेढ वर्षीय बालक गणेशबहादुर चन्द आफ्नै घरको भुइँतलाको भान्छा कोठामा रहेका बेला चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै