सात महिनामा एक हजार ७९ मेट्रिक टन माछा आयात

खरीबोट
ad

विराटनगर । भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ । 

चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । 

अधिकांश मात्रामा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा माछा आयात गरिएको हो । आयातित् माछामा रहुँ, नैनी, भाकुरका साथै अन्य जातको रहेको छ । 

सिद्रा माछा १४ दशमलव ६ मेट्रिक टन, एक्युरियम माछा तीन हजार ९०० गोटा र ८० हजार माछाको भुरा आयात गरिएको कार्यालयका स्वास्थ्य प्राविधिक नीरज कट्टेलले जानकारी दिए । 

यसका साथै सो अवधिमा १० हजार ९६६ वटा सुँगुर, एक हजार ३२९ घोडा खच्चर, राँगाभैँंसी एक हजार ५३६ तथा गाईगोरु ६२ आयात गरिएको छ । 

भारतबाट आयातित् माछा खानयोग्य छ कि छैन् भनेर विराटनगरस्थित खाद्य प्रविधि प्रयोगशालामा जाँच गराउने गरिएको प्राविधिक कट्टेलले बताए । खसीबोकालगायत जनावर रोगी भए नभएको विराटनगरस्थित पशु रोग अन्वेषण प्रयोगशालामा जाँच गराउने गरिएको उनले बताए । 

सोही अवधिमा सिरहाको माडर नाकाबाट १०६ मेट्रिक टन दूध, १०२ मेट्रिक टन दही र ९१ किलो घ्यू निर्यात भएको छ ।

सम्बन्धित समाचार

 उदयपुरका किसान माछापालनमा सक्रिय

 उदयपुर / पछिल्लो समय जिल्लाका किसान माछापालनमा सक्रिय हुन थालेका छन् ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिले सबैभन्दा बढी माछा उत्पादन कटारी, त्रियुगा नगरपालिका तथा चौदण्डीको हँडिया, सुन्दरपुर र

बजेट बारे डा. बाबुराम भट्टराईको टिप्पणी : माछा माछा भ्यागुतो

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निराश भएको प्रतिक्रिया दिएका छन् । यस अघि अर्थमन्त्रीको समेत जिम्मेवारी निभाएका डा.भट्टराईले बजेटले

माछापुछ्रे बैंकको एमबिएल स्मार्ट बचत खातामा थप सुबिधा

काठमाडौं । माछापुछ्रे बैंकले आकर्षक सुबिधा सहितको एमबिए स्मार्ट बचत खाता संचालनमा ल्याएको छ ।  उक्त खातामा न्युनतम पाँच हजार रुपैयाँ बचत गरी छ प्रतिशत ब्याज प्राप्त गर्न सकिने छ ।

सेना र कर्मचारीले निकुञ्जका माछा खान नपाउने

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना बस्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको छ ।  मुख्य कार्यालय कसरा, सेक्टर, हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्वार, पोष्ट तथा सुरक्षा