निकुञ्ज जिप सफारीमा पर्यटक आकर्षित

खरीबोट
ad

रत्ननगर । पर्यटकीय नगरी सौराहामा आउने पर्यटकमध्ये करिव ७० प्रतिशतले जिप सफारी गरेर चितवन निकुञ्ज घुम्ने गरेका छन् । 

सुरक्षित र सहज रुपमा वन्यजन्तु हेर्न पाइने भएकाले निकुञ्जको जिप सफारीमा पर्यटकको आकर्षण बढेको हो । संरक्षणकर्मी एवं पर्यटन व्यवसायी टीका गिरी बाघ गैँडालगायत वन्यजन्तु अवलोकनका लागि यहाँको जिप सफारी उत्कृष्ट अवसर भएको बताए । 

जिप सफारीमा मयुर, चित्तल, रतुवा मृग, गौरीगाई, बँदेल, गोही, खुला खोरमा राखिएको अर्ना तथा विभिन्न प्रजातिका चरा अवलोकन गर्न सकिन्छ । चितवनको पूर्वी सेक्टरअन्तर्गत पर्ने सौराहा आसपास पदमपुर गैँडाको उत्कृष्ट वासस्थान हो । विसहजारी ताल, इचर्नी टापू, खोरसोर, बाघमारा वन, दुधौरा, कछुवानी र पूर्व कुमरोज गैँडाको राम्रो वासस्थान हो । 

निकुञ्जको पूर्वी सेक्टरमा करिव ६० वटा गैँडा अभिलेख गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठक बताउनुहुन्छ । सौराहामा आउने पर्यटक हात्ती र जिप सफारीमा बढी रमाउँछन् । 

“सौराहा आउने पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढीले जिप सफारी गर्छन्”, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले भने । 

सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटीय वन र सालका जंगल एकैसाथ अवलोकन गर्न सकिने भएकाले पनि विभिन्न प्रजातिका वन्यजन्तु अवलोकन गर्न सौराहाको जिप सफारी महत्वपूर्ण हुने बाघ संरक्षण उपसमिति सौराहाका अध्यक्ष जितु तामाङको भनाइ छ । 

सौराहाबाट निकुञ्ज घुम्नका लागि ४० भन्दा बढी जिप सञ्चालनमा छन् । निकुञ्जमा जिप सफारी गरेबापत गाइडसहित शुल्क रु एक हजार ५०० लाग्छ । पर्यटक प्रवेश गर्दा नेपालीलाई रु ११३, सार्कको नागरिकलाई रु ८५० तथा तेस्रो मुलुकका पर्यटकलाई रु एक हजार ६९५ थप शुल्क लाग्छ । एउटा जिप प्रवेश गर्दा निकुञ्जले रु चार हजार ५२० शुल्क लिन्छ । 

सौराहा रेवानका अध्यक्ष गोकर्ण गिरी पर्यटन र संरक्षण सँगसँगै गएकाले पनि सौराहाको आसपास क्षेत्रमा हात्ती र जिप सफारीमा पर्यटकले सहजै गैँडालगायत वन्यजन्तु हेर्न पाउने बताए ।

सम्बन्धित समाचार

तिर्खा मेटाउन शुक्लाफाँटा निकुञ्जमा कृत्रिम ताल थपिँदै

भीमदत्तनगर / वन्यजन्तुलाई पानीको तिर्खा मेटाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ ।  वन्यजन्तुको वासस्थान व्यवस्थापनअन्तर्गत यहाँ चालू आर्थिक वर्षमा ६ वटा ताल निर्माण भइरहेको शुक्लाफाँटा राष्ट्रिय

नमूना मध्यवर्ती सामुदायिक वनमा गिद्ध छोडिदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका थप सात वटा गिद्ध जंगलमा छोड्नका लागि नवलपरासीको कावासोती नगरपालिकाअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको छ । यसअघि

चितवन राष्ट्रिय निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई

चितवन ।  चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयता निकुञ्जको आम्दानीबाट रु ७० करोडभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएका छन् ।  निकुञ्जका सूचना अधिकारी नुरेन्द्र

निकुञ्जमा नाचेको मयूर !

चितवन राष्ट्रिय निकुञ्जको लामिताल नजिक नाच्दै मयूर । पोथीलाई आकर्षित गर्न भाले मयूर नाच्ने गर्दछ । तस्वीर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

Loading...

Loading...