यसरी हुदै छ राष्ट्रपति निर्वाचन (फोटो फिचर)

खरीबोट

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ । 

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मध्याह्न १२ः०० बजेसम्म प्रदेशसभाका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये २३७ जनाले मतदान गर्नुभएको छ भने संघीय संसद्का कूल ३३१ सांसदमध्ये २०५ जनाले मतदान गरिसकेका छन् । 

हालसम्म करिव ५० प्रतिशत मतदान भएको आयोगले जनाएको छ । पहिलो मतदान संघीय संसद्का सदस्य जिपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गरेका थिए । 

संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको छ । 
मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा प्रवेश गरेका थिए । मतदानको समय अपराह्न ३ बजेसम्मका लागि तोकिएको छ । 

राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छन् । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था गरिएको छ । 

निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको छ । 

आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता छन् ।  

तस्बिर : रासस 
 

सम्बन्धित समाचार

उपराष्ट्रपति पुनद्वारा दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता

काठमाडौँ । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले दोस्रो कार्यकालका लागि वाम गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका छन् । पुनको प्रस्तावकमा एमाले नेता सुवास नेम्वाङ र देव गुरुङ रहेका छन् । दिउसो सभा १२ बजेसम्म

‘पदमुक्त’ भनिएका प्रधानन्यायाधीश पराजुलीबाट राष्ट्रपतिले लिईन् शपथ 

काठमाडौँ । नव निर्वाचित  राष्ट्रपति विद्यादेव भण्डारीलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।  न्यायपरिषद्का सचिवले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमा नरहेको चिठ्ठी राष्ट्रपति कार्यालयलाई पठाएपनि राष्ट्रपतिले पराजुलीबाट शपथ लिएकी छन् ।  बुधबार

उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुने

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुने भएको छ ।  राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले बुधबार उपराष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचन आयोगका अनुसार उपराष्ट्रपतिको उम्मेदवारी दर्ताको चैत्र ३

विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।   आज भएको निर्वाचनमा भण्डारीले ३९२७५ मत पाउदै निर्वाचित भएकी हुन् । उनिसँग प्रतिष्पर्धा गरेकी नेपाली काँग्रेसकी