• २०८१ बैशाख १३ बिहीबार

एनआईसी एशिया र बैंकर संघको बिवाद सुल्झियो

kharibot

काठमाडौ । एनआईसी एशिया बैंक र बैंकर संघ बिचको व्याजदर सम्वन्धी बिवाद सुल्झिएको छ । एनआईसीले मुद्धती निक्षेपमा १२ प्रतिसतको उच्च व्याजदर तोकेपछि संघले प्रतिवाद गर्दे अन्तर बैंक कारोवार रोकेको थियो । 

संघले एनआईसी एशियालाई गरेको कारवाहीमा संघमा आवद्ध २७ वटै बाँणिज्य बैकहरुले सहमती जनाएका थिए । तर यो बिवादमा लामो समयसम्म जारी राख्दा बित्तीय प्रणालीमा नै असर पर्ने भएपछि नेपाल राष्ट्र बैकले बैंकर संघ र एनआईसी एशियाका प्रतिनिधीहरुलाई छलफलको लागि बोलाएको थियो । 

उक्त छलफलमा एनआईसी एशियाका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन शर्मा र बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना एवं अन्य बैंकका प्रमुख कार्यकारीहरुको पनि उपस्थिती रहेको थियो । 

बाँणिज्य बैक सुपरीवेक्षण बिभागका प्रमुखहरुको रोहबरमा भएको उक्त छलफलमा एनआईसी एशियाले व्याजदर पुनरावलोकन गर्ने सहमती भएपछि दुबै पक्ष बिचको बिवाद सुल्झिएको हो । यसअघि एनआईसीले गत आईतबारबाट बार्षिक १२ प्रतिशत व्याज दिने गरी धनबर्षा नामक मुद्धती निक्षेप सुरु गरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै