• २०८१ बैशाख ६ बिहीबार

विमान दुर्घटना : एकै कलेजमा एमबिबिएस पढ्ने ११ नेपाली विद्यार्थीको मृत्यु, २ जनाको उपचार हुदै  

kharibot

तस्बिरमा निलो घेरा भित्रका दुईजना विद्यार्थी प्रिन्सी धामी र समिरा व्याँजन्कारको काठमाडौँ केएमसी अस्पतालमा उपचार हुदै छ , तस्बिर, साभार ढाका ट्रिब्युन

काठमाडौँ . सोमबार दुर्घटना भएको युएस बंगला एयरलाइन्समा बंगलादेशमा एमबिबिएस पढ्ने एकै कलेजका १३ जना परेका छन् । 

१३ जना मध्ये ११ जनाको मृत्यु भएको छ भने २ जनाको उपचार भइरहेको छ । 

बंगलादेशबाट प्रकाशित हुने ढाका ट्रिब्युनले यस सम्बन्धि समाचार लेख्दै १३ जना मेडिकल विद्यार्थी बंगलादेशको सिलहटस्थित राजिव रबेया मेडिकल कलेजमा अध्ययनरत रहेको उल्लेख गरेको छ । 

कलेजका प्रिन्सिपल अबेद होस्सैनलाई उदृत गर्दै उनीहरु दुइ महिनाको कलेज छुट्टी भएपछि बिदा मनाउन नेपाल आउदै गरेको बताएको छ  ।  एमबिबिएसको अन्तिम बर्षको नतिजा आउनु अघि उनीहरु बिदामा फर्किदै गरेका थिए । 

मृत्यु हुनेहरुमा एल्जिना बराल, चारु बराल, पूर्णिमा लोहनी, मिली महर्जन, नीगा महर्जन, सन्जय महर्जन, सन्जय पौडेल, आशा शाक्य, एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ र स्वेता थापा रहेका छन् ।  दुर्घटनामा प्रिन्सी धामी र समिरा व्यन्जनकार घाइते भएका छन् । उनीहरुको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु भएका ४९ मध्ये २२ जना नेपाली परेका छन् । 

कलेजले यस घटनापछि कलेजमा तीन दिनको शोक मनाउने निर्णय गरेको पनि ढाका ट्रिब्युनले छापेको छ .  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै