• २०८१ बैशाख ५ बुधबार

अनुसन्धान भन्छ - मेक अप धेरै गर्ने महिलाको नेतृत्व क्षमतामाथि ह्रास आउछ

kharibot

फाइल तस्बिर

काठमाडौँ । यदी तपाई महिला हुनहुन्छ र राजनीति, कुनै कम्पनीमा बोस या आफै केहि बन्ने चाहना छ भने आजै देखि मेकअप गर्न छोडी दिनुस् । 

एक नयाँ अध्ययनले यस्तै तथ्य बाहिर निकालेको छ । अध्ययनले भनेको छ जो महिला धेरै मेकप गर्दछन् उनीहरुमा स्मरणशक्ति कम हुन्छ । यो अनुसन्धानको निश्कर्षमा भनिएको छ की धेरै मेकपले तपाईको नेतृत्व क्षमताको धारणामा नकारात्मक प्रभाव पर्न सक्छ । 

अनुसन्धानका सहलेखक तथा अर्बेटे विश्वविद्यालयको मनोविज्ञान शाखाको वरिष्ट लेक्चर क्रिस्टोफर वाटकिन्सको अनुसार यो सोध पहिले गरिएको शोधको नतिजा विश्लेषणको लागि गरिएको हो । जसमा बताइएको थियो कि मेकप धेरै गर्ने महिलाहरुले मेकप लगाउनाले महिलाहरुको लुक्स प्रभावित हुन्छ, तर मेकपले महिलाको प्रभावमा केही अन्तर आउदैन बरु उनीहरुको नेतृत्व क्षमतामाथि भने ह्रास आउँसक्छ । 

पर्सेप्सन जर्नलमा प्रकाशित यो अनुसन्धान महिला र पुरुष दुबैको सहभागितामा गरिएको थियो । उक्त शोधको नतिजामा अधिक मेकप गर्ने महिलाहरुको क्षमतामाथि ह्रास आउने आशंका गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै