• २०८१ बैशाख ४ मंगलबार

मानवता हराएको क्रुर समाज

kharibot

काठमाडौँ । चुपचाप सहनु भनेको आफै माथिको अन्याय हो । के एउटा समाज सधै चुपचाप अन्याय सहेर बस्न सक्छ ? एउटा सिङ्गो समाज एउटी अबोध निरिह महिलालाई ताली पिटी पिटीकन ६ घण्टासम्म कुट्न सक्छ उफ ! मानवता कता हरायो ?

के मानवसमाजको पहिचान क्रुरता हो ? कहिलेसम्म हिंसा सहने महिला भएकै आधारमा, गरिब भएकै आधारमा ? राज्य खै तेरो कर्तव्य ? कता हरायो उपस्थिति ?  गाँउ गाँउमा सिंहदरबार पुग्यो भन्दै गर्दा जनताले गाँउ गाँउमा सिंहहरु पसेको अनुभव गर्दछन्, असुरक्षित महशुस गर्दछन्  भने यसले आफ्नो औचित्य माथि प्रश्नचिन्ह खडा गराउँछ ?

के बोक्सी जस्तो रुढिवादी सोचलाई अपराधको विषय बनाएर समाजमा शान्ति सुव्यवस्था कायम गर्ने सकिन्छ ? किन पलाएन मान्छेमा मानवता ? कसरी जन्मियो यो कुरीति ? किन अझै पनि परिवर्तन हुन सकेन नेपाली समाज ? के महिला हिंसा यसरी नै युगौं युग चलिरहन्छ त ? हो हामी यता तिर लागौं, सबैको ध्यान यता जान जरुरी छ ।

हाम्रो नेपालको समाज र संस्कृति कस्तो छ जरै देखि अध्ययन गरेर महिला हिंसाको पनि भेदहरुलाई पत्ता लगाएर  प्रभावकारी माध्यमबाट चेतनाको मुश्लो झोस्न आवश्यक छ ।

वर्तमान नेपाली परिवेशलाई हेर्दा हरेक कुरामा महिला हिंसाको जड लुकेको पाइन्छ । पुरुषको सोचमा अनि महिलाको सोचमा, समाज अनि संस्कृतिमा ।

यसरी दिनानुदिन महिला हिंसा घटनाहरु बढिरहनुमा हाम्रो समाज दोषी छ समाजको आँखा दोषी छन् । संस्कृति दोषी छ , संस्कृतिको गहिराई दोषि छ ।

हजारौं राधाहरुले अझै कति सहने यो पिडा ? कहाँ छौं हामी ? कता पुगेको छ हाम्रो सोच ? के हो हाम्रो लक्ष्य ? कहाँ पुग्नुछ हामी ?  जवकी २१ औं सताब्दीमा पनि हामी बोक्सीको नाममा घण्टौ कसैलाई दुव्र्यवहार गर्न सक्छौं । शिक्षा र चेतनाको यो भन्दा तल्लो स्तर सायदै कतै भेटिएला ।

बोक्सीको अन्धविश्वासमा महिला माथि हिंसा पटक पटक दोहोरीएको छ तर  यसरी ६ घण्टासम्म निर्ममता पुर्वक प्रहार गरिरहदाँ चुपचाप हेर्न सक्ने मानव झुण्ड भने देखिएको थिएन् ।

के रामबहादुर चौधरी, किस्मती चौधरी, ममता प्रसाद चौधरी, प्रेम रोकाय दोषी छैनन् भनेर उन्मुक्ति पाउने ठाँउ छ ? फेरी किन अनुसन्धान या यो वा त्यो बाहाना जवकी भिडियो नै सामाजिक संजालमा सार्वजनिक भईसकेको छ ।

त्यसो त हरेक समस्याको जड राजनीति र पहँुच हुने गरेको छ । यति ठुलो अपराधको दोषीलाई रिहा गर्न दबाब दिने स्थानीय जनप्रतिधि, छोडिदिने प्रहरी प्रशासन कसरी चलेका छौं हामी, केमा आधारित छ हाम्रो शासन व्यवस्था भन्ने कुरा यहिबाट प्रष्ट हुन्छ ।  ।

विधिको शासनको यो भन्दा ठुलो उपहास के हुन सक्छ ? सम्पुर्ण मानव समुदायको विकास संरक्षण र नियन्त्रणको लागि सामाजिक र कानुनी न्यायको दुष्टिकोणले निर्मित विधीको शासनको अपहेलना गर्नु भनेकै गर्नु भनेकै मानवताको अपहेलना गर्नु हो, लोकतान्त्रिक समाजको अवधारणाको खिल्ली उडानु हो ।

अझ यसमा पनि जनताकै प्रतिनिधिको निर्लज्ज ब्यवहारबाट हामीले के बुझ्ने समाज कतातिर गहिरहेको छ ? अनि कहिलेसम्म अत्याचार सहनु पर्ने ? के यही कानुन प्रयाप्त छ ? कानुुनको कार्यान्वयन कहिले हुन्छ ?

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै